Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एसएलसी सुरु, झण्डै साँढे पाच लाख परीक्षार्थी सहभागि

काठमाडौं, चैत १–यस वर्षको एसएलसी परीक्षा आजदेखि सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ । चैत ९ गतेसम्म सञ्चालन हुने एसएलसी परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । परीक्षामा ५ लाख ४७ हजार एकसय ६५ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसमध्ये नियमिततर्फ नियमितर्फ ४ लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ छन् । परीक्षाका लागि १ हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि १ हजार ७ सय ८६ केन्द्राध्यक्ष, २ हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हृजार ८ सय ९० निरीक्षक, ७ हजार २ सय ९७ सहयोगी र १९ हजार ८ सय ६० सुरक्षाकर्मी परिचालन हुने कार्यालयले जनाएको छ । यसैगरी परीक्षालाई मर्यादित बनाउन नियममा कडाई गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्विकृतिविना प्रवेश गरेमा, प्रयत्न गरेमा वा परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गरेमा, अरूको तर्फबाट परीक्षा दिएमा र परीक्षाको मर्यादा भङ्ग हुने कुनै कार्य गरेमा त्यस्ता व्यक्तिलाई कसुरको मात्रा हेरी १ लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया