‘देश निकासको बाटोमा अघि बढ्यो’
१ चैत, काठमाडौं । मुख्य राजनीतिक दलका नेताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद गठनसँगै देशले राजनीतिक निकास पाएको दावी गरेका छन् । उनीहरुले देश अब निर्बाचनको बाटोमा अघि बढेको समेत बताएका छन् । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब देश राजनीतिक निकासको बाटोमा अघि बढेको बताउनुभयो । यसैगरी नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले महत्वपूर्ण सहमतिसँगै देशले निकास पाएको बताउनुभयो । देशको बाटो अवरुद्ध भएकोमा त्यो बाधा हटेको र देश निर्वाचनमा अघि बढेको उहाँको भनाई थियो । यसैगरी नेकपा एमालेका नेता भीम रावलले संविधानसभाको अर्को निर्वाचनको साथसाथै राज्य सञ्चालनका लागि सहमतिको फराकिलो आधार तय भएको बताउनुभयो ।

0 comments
तपाईंको प्रतिकृया