Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
२ इन्चभन्दा लामो कपाल पाल्न नपाइने

हामीकहाँ प्रहरीले केही दिनअघि ट्यापे, मुन्द्रे तथा चुल्ठेहरुले अपराध गरेको भन्दै केही दिनअघि कानमा कानमा मुन्द्रा लगाउने, झण्डै र्झन थालेको पाइन्ट लगाउने तथा लामो कपाल पाल्नेहरुलाई भकाभक पक्राउ गरेको थियो । यसको निकै विरोध पनि भयो । आफुले चाहेजस्तो कपाल पाल्न नपाउने देश नेपाल मात्र हो की भन्ने भान सबैलाई भयो र त्यसको चर्चा सामाजिक संजालतिर पनि भयो । तर, नेपालको यो चर्चा सेलाउन नपाउँदै उत्तर कोरियाको यस्तै चर्चा बाहिर आएको छ । उत्तर कोरिया सरकारले कस्तो कपाल पाल्न पाउने भन्ने बारेमा कानून नै बनाएको छ । सरकारले विभिन्न २८ प्रकारका हेयर स्टाइलको सूचि तयार पारिदिएको छ । तिनै २८ प्रकार मध्ये कुनै एक प्रकार रोजेर सोही अनुरुप कपाल काट्नुपर्नेछ । त्यसमा पनि पुरुषहरुका लागि १० र महिलाका लागि १८ प्रकारका हेयर स्टाइल तय गरिएको छ । पुरुषले निर्धारित १० तथा महिलाले १८ बाहेक अरु कुनै स्टाइलमा कपाल पालेमा कडा कारवाही हुने छ । यस्तै पुरुषहरुले २ इन्च भन्दा लामो कपाल पाल्न पाउने छैनन् । विवाहित महिलाले छोटो कपाल बनाउनु पर्नेछ भने अविवाहितले चाहीँ लामै पाल्न पनि पाउने छन् ।

0 comments

तपाईंको प्रतिकृया