Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मुन्ना भाई गए पाँच बर्षको लागी मामा घर

चैत८ , काठमाण्डौ । बलिउडका चर्चित अभिनेता संजय दत्तलाई ५ बर्षको जेल सजाय सुनाइएको छ । सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयो गरेको र गैरकानुनीरूपमा हतियार राखेको अभियोगमा अभिनेता संजयलाई ५ बर्षको जेल सजाय बिहिबार भारतको सर्वोच्च अदातलले सुनाएको हो । संजयले यसभन्दा अघि नै १६ महिना जेल सजाय काटिसकेकाले अब उनी साढे ३ बर्ष जेलमा बस्नेछन् । यस्तै सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।संजय दत्तलाई सुनाइएको फैसलामा केही राहत मिल्न सक्ने बताइएको छ । यो मुद्दामा संजयको पक्षमा तिन कुराहरु रहेको छ । संजयको पहिले नै आतंक फैलाउने बिषयमा मुक्ती दिइसकिएको छ । यस्तै सीबीआइले संजयको विरुद्धमा कुनै पनि अपिल जारी गरेको थिएन । र हाल संजयको नाममा २ सय करोड रुपिया बलिउडमा लगानी भैसकेको छ । यसैले पनि उनलाई केही राहत मिल्न सक्ने भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

0 comments

तपाईंको प्रतिकृया