मधेशबाट चुनाव लड्ने प्रचण्डको घोषणा एमाओवादीलाई दुई तिहाई मत दिन आग्रह
काठमाडौ, ९ चैत–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा निर्वाचनमा आफु मधेशबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
धनुषामा आज भएको अजबलाल यादवको ११ औं स्मृति सभालाई संवोधन गर्दै प्रचण्डले
आफु चितवनको मधेशी नै भएको भन्दै आफुलाई साथ दिन आग्रह समेत गरे ।
विगठित संविधानसभामा प्रतिगामी यथास्थितिबादी हावी भएका कारण संविधान बन्न नसकेको भन्दै उनले अग्रगामि संविधान निर्माणका लागि जनताले एकिकृत माओवादीलाई दुई तिहाई मत दिनुपर्ने बताए।
आगामी संविधानसभामा आफुहरुलाई दुइ तिहाइ मत आवश्यक भएको भन्दै उनले त्यसका लागि आदीबासी, जनजाती, मधेशी, दलित, उत्पिडीत शक्तिको मोर्चाबन्दी आवश्यक रहेको उल्लेख गरे ।
प्रचण्डले आफ्नो पार्टीमा मधेशका क्षमतावान नेतृत्वको अभाव रहेको पनि बताए । प्रतिगामीहरुले चुनाव नचाहेको आरोप लगाउदै प्रचण्डले आफ्नो पार्टीको पहलमा चुनावी सरकार बनाउन भने सफल भएको बताए।
0 comments
तपाईंको प्रतिकृया