Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सलमान र रणवीरसँग रोमान्स गर्ने सन्नीको चाहना

पोर्नस्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनीको चाहना अब बिस्तारै बढ्दै गएको छ । बलिउडमा आफ्नो स्थान सुरक्षित राख्नका लागि सन्नीले चर्चित नायकहरुको साहार लिने तयारी गरेकी छिन् । ‘जिस्म २’ मा अभिनय गरेपनि खासै सफलता हाशिल नगरेपछि सन्नीको करिअर सोचेअनुसार फस्टाउन सकेको छैन ।हालै मात्र ‘सुट आउट एट वाडला’ मा एक आइटम नम्बरमा नृत्य गरेकी सन्नीलाई बलिउडका चर्चित नायक सलमान खान र रणविर कपुरसँग अभिनय गर्ने मन छ । सन्नीले भनिन्, ‘मैले सलमानको ‘बडिगार्ड’ सिनेमा हेरेको छु र मलाई उनीसँग काम गर्न मन लागेको छ ।’ यस्तै उनले रणवीर कपुर र सलमान खानसँग काम गर्न मन लागेको खुलासा गरिन् । उनले बलिउडमा आफ्नो १ बर्ष सजिलैसँग बितेको बताउँदै यही दुनियामा रम्न मन लागेको इच्छा व्यक्त गरिन् ।

0 comments

तपाईंको प्रतिकृया