Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लाखौ मूल्यको लागु औषध बर ामद


नरेश के सी
भैरहवा,चैत ११ । खुल्ला सीमानाको फाइदा उठाउदै लागु पदार्थ ओसार पसार गर्ने एक जना साइकल यात्रीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालीका ३ खजहना निवासी बर्ष २७ का राजेश लोनिया लाई ठुलोमात्रामा लागुऔषध भारत बाट नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । दुई दुई एमएल को झोल सहित डाइजोपाम ११ सय थान, फेनारागन ९ सय थान, नफिन ६ सय थान, लुपिनेसीक ३ सय साइकलमा राखी सीमावर्ति भारतीय बजार सुनौलीबाट भैरहवा ल्याउदै गर्दा आखा अस्पताल भैरहवा नजिक पक्राउ गरिएको हो । बरामदित समानको औषत मूल्य झण्डै पन्ध्र लाख रहेको बुझिएको छ । सीमावर्ति बजारमा लागु औषध प्रयोग कर्ताले प्रति डोज झण्डै पाच सय देखी पन्ध्र सयमा खरिद गर्ने गर्दछन् भने काठमाण्डौ, पोखरा, धरानमा यसको मूल्य प्रति डोज तिन हजार भन्दा माथि रहने गरेको स्रोतको दाबी छ । यति ठूलो मूल्य बराबर र परिमाणको लागु औषध रुपन्देही प्रहरीको तथ्यांक अनुसार पछिल्लो समयको ठुलो परिमाण भएको बताईएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रमुख एस पी हरि बहादुर पालले बरा मदित लागु औषधको बारेमा जानकारी दिन आयोजित प्रेस मिटमा भने ”प्रहरीको विशेष सक्रियतामा गएराति लागु औषधको कारोबारमा संलग्न मूख्य नाइके प्रक्रिने सम्भावना थियो तर उसको क्यारियर पक्रिएको छ । हामीले अनुसन्धान जारी राखेका छौ अब केहि दिनमै भैरहवा हुदै नेपालको अन्य सहरमा लागु औषध सप्लाई गर्ने मूख्य नाइके पक्राउ पर्ने छ ।“ पक्राउ परेका व्यक्ति संगको सोधपुछमा भारतको सुनौली बजारमा सञ्चालीत समिर मेडीकल हलका सञ्चालकले उक्त परिणामको लागुऔषध नेपाल पठाएको खुल्न आएको प्रहरीले जनाएको छ । स्मरण होस् सीमावर्ति भारतीय बजार सुनौलीमा खुल्ला रुपमा लागु औषध विक्री हुने गर्दछ । खुल्ला सीमानाको फाइदा उठाउदै पूर्वको धरान ,पश्चिको पोखरा, मध्यपश्चिको काठमाण्डौं लगायतका क्षेत्रबाट लागु औषध प्रयोग कर्ता भैरहवा हुदै सुनोली गएर ड्रग्स खरिद गर्ने प्रयोग गर्ने गरेको बताइन्छ । तर गजबको कुरा जिल्लामा लागु औषध क्यारिअर हरु पक्राउ परीराख्छन तर मूख्य व्यापारी तथा सप्लायर चाहि पक्राउ पर्न सकिरहेका छैनन् । जबकी सीमावर्ति कुन कुन पसलमा लागु औषध विक्री हुन्छ भन्ने नेपाल प्रहरीलाई सबै थाहा छ तर भारतीय प्रहरीको असहयोगको कारण त्यो बन्द गर्न नसकिएको नेपाल प्रहरीको भनाई छ । चेतनाको अभिवृद्धि गर्नु बाहेक नेपाल प्रहरीले ल्याउदै गरेको अवस्थामा मात्रै पक्राउ गर्ने कानुनी जटिलताका कारण लागु औषधको ओसार पसार रोक्न सकिएको छैन ।लागु औषध कारोबारीले विभिन्न हतकण्डा प्रयोग गरी आयत निर्यात गर्ने क्रममा साइकलमा राखेर ल्याउदै गरेको अवस्थामा पक्राउ परेको यति ठुलो परिमाणको पहिलो भएको प्रहरी स्रोतको दाबी छ । अधिकांश लागु औषधका प्रयोग कर्ता मोटर साइकल तथा स्कुटी एवं वस तथा जिपको प्रयोग गरी प्रतिदिन भारतीय बजारमा गई खाएर आउने गरेको भेटिन्छन् ।

0 comments

तपाईंको प्रतिकृया