अलकत्रको ड्रमले थिचिएर १ को मृत्यु
स्यांगजा ३० फागुन । अलकत्रको ड्रम लोड गर्दै गर्दा ड्रमले थिचिएर एक जनाको मृत्यु भएको छ । स्काभेटरले ग १ क १६५५ नं. को ट्रयाक्टरमा ड्रम लोड गर्दै गर्दा थिचिएर वाङ्सिग् ८, स्याङ्जा निवासी अन्दाजी ३५ वर्षिया नयाँदक्त पौडेल (राजु) को घटनास्थलमै मृत्यु भएको हो । स्काभेटरको सहायतालेअलकत्रको ड्रम ट्रयाक्टरमा लोड गर्दै गर्दा ड्रम उचाल्न प्रयोग गरिएको डोरी छिँद्दा ड्रमले थिचिएर मृत्यु हुन गएको प्रत्यक्षदर्शी कपिल गिरिले जानकारी दिए ।
बिहान ९ बजेतिर भएको सो दुर्घटना पुतलीनगरपालिकाको कार्यालय परिसरमा भएको थियो । दुर्घटनाको कारण बारे स्पष्ट नभएकोले स्काभेटर चालक टिकाराम बुढालाई थप अनुसन्धानको लागी नियन्त्रण लिइएकोप्रहरी निरिक्षक अर्जुन ब. गहतराजले जानकारी दिएका छन् ।

0 comments
तपाईंको प्रतिकृया