Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दुर्घटनामा दुईजनाको मृत्यु

फागुन २२, काठमाडौं । कास्कीको लेखनाथ नगरपालिका–१३ मा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ग १ ख ३०३८ नम्बर मिनी ट्रक रातोपैरो भन्ने स्थानमा दुर्घटना हुँदा स्थानीय १६ बर्षका सागर राना र भोजपुर घर भई सोही ठाउँ बस्ने १३ बर्षीय सुजन मालिको मृत्यु भएको हो । सेती नदीबाट गिट्टी बालुवा लिई पृथ्वी राजमार्ग तर्फ आउँदै गरेको मिनि ट्रक सडकबाट २० मिटर तल सेती नदीमा खसेको थियो । यसैगरी काठमाडौंको बालाजुमा गएराती साढे १० बजे बा २ ख ४५ ३५ नम्बरको बसको ठक्करबाट धादिङ घर भई हाल महाराजगन्ज बस्ने ३५ वर्षीय ज्ञानेन्द्र अधिकारी घाइते हुनु भएको छ । बसको ठक्करबाट घाईते भएका अधिकारीको उपचार जनमैत्री अस्पताल बालाजुमा भैरहेको छ । यस्तै काठमाण्डौको दरबारमार्गमा गएराती बा २१ प ८१ ७३ नम्वरको मोटरसाईकल र बा ६ च ६३७८ नम्बरको कार ठोक्किदा दुईजना घाईते भएका छन् । दुर्घटनामा मोटरसाईकल चालक काभ्रे घर भई कोटेश्वर बस्ने ३६ बर्षीय राजेन्द्र श्रेष्ठ र पछाडी सवार अनामनगर बस्ने ५० बर्षीय किरण स्थापित घाईते भएका हुन् । घाईते दुबैको बीर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया