Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आजै नया चुनाबी सरकार बन्ने सम्भावना,‘सकभर आजै सपथ, नभए भोली’

२५ फागुन, काठमाडौं । प्रधानन्यायाधीशको नेतृत्वमा चुनाबी सरकार बनाउन दलहरुले सहमतिको प्रयास जारी राख्ने भएका छन् । सहमतिको मस्यौदालाई अन्तिम रुप दिन मुख्य दलका शीर्ष नेताहरुले प्रयास जारी राख्ने भएका हुन् । सरकार बनाउदा आइपर्ने बाधा अड्काउ फुकाउनेबारे विज्ञहरुसँग आज छलफल गरी कानुनी भाषा मिलाइने एकीकृत नेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । विहान ८ बजेदेखि १० बजेसम्म दलीय कार्यदलको बैठक बसेर सहमतिको भाषालाई परिमार्जन गर्ने र ११ बजेदेखि बस्ने शीर्ष बैठकले जेठमा निर्बाचन गर्ने गरी सहमति जुटाउने उहाँले बताउनुभयो । हिजो बसेको शीर्ष बैठकले माओवादी लडाकुको दर्जा निर्धारण बाहेक अन्य सबै विषयमा नीतिगत सहमति जुटाएको थियो । नागरिकता, मतदाता नामावली, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन लगायतका विवादमा दलहरुले सहमति जुटाएका हुन् । लडाकु दर्जा निर्धारण पनि टुंगो लागेपछि सहमतिको मस्यौदालाई अन्तिमरुप दिइने छ । राष्ट्रपति र प्रधानन्यायाधीशको सहमति लिएर सरकारको नेतृत्व हस्तान्तरण गर्ने नेताहरुको तयारी छ । नयाँ प्रधानमन्त्रीमा प्रधानन्यायाधीश खिलराज रेग्मीको शपथ आज साँझ या भोलीसम्म गराउने गरी तयारी थालिएको माओवादी उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

0 comments

तपाईंको प्रतिकृया