Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भियतनाममा सडक दुर्घटना एघारको मृत्यु

२५ फागुन, काठमाडौं । भियतनामको मध्य भागमा पर्ने खान होआ प्रान्तमा आज बिहान भएको एक सडक दुर्घटनामा कम्तीमा एघार जनाको मृत्यु भएको छ । दुइवटा यात्रुवाहक बस आपसमा ठोकिँदा भएको दुर्घटनाबाट अन्य ४९ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा दुईवटा बसका चालकसहित नौ जनाको घटनास्थलमै मृत्यु भएकोे छ । अन्य दुई यात्रुको अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको उल्लेख छ ।

0 comments

तपाईंको प्रतिकृया