आज नेपाल बन्द, पाल्पामा भने सवारी साधन चल्ने
पाल्पा,२३ फागुन ।मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी लगायतका दलहरुले गरेको नेपाल बन्दले आज देशभरको जनजीबन प्रभावित भएको छ । बन्दकर्ताले काभ्रेमा राजधानी दैनिकको बा ८ च ३१७ नम्बरको गाडि तोडफोड गरेका छन् ।
काठमाण्डौं उपत्यका लगायत दशैका अधिकांश क्षेत्रका सवारी साधान, बजार, कलकारखाना सबै ठप्प छन् । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा सर्वसाधारण अलपत्र परेका छन् । यसअघि लगातार दुई दिनसम्म विद्यालय बन्दको मारमा परेका विद्यार्थीहरुको पठन पाठन पनि प्रभावित भएको छ ।
सुर्खेत, पाल्पा, चितवनको माडि लगायतका स्थानमा भने यातायात बन्दको प्रभाव परेको छैन । ति जिल्लामा महोत्सव जारी रहेकोले बन्द नगरिएको नेकपा–माओवादीले जनाएको छ ।
यसै बिच जारी पाल्पा महोत्सबलाई मध्यनजर गदै बन्दकर्ता नेपाल संघिय गणतान्त्रिक मोर्चा पाल्पाले आज जिल्लामा यातायातका साधनमा रोक नलगाउने जनाएको छ । मोर्चाले बन्दका कारण पाल्पामा भैरहेको पाल्पा महोत्सबलाई असर पुग्ने भन्दै यातायातका साधन संचालनमा रोक नलगाईको जनाएको हो यद्यपी बजार, कलकारखाना, स्कुल कलेज र सरकारी कार्यालयहरु भने बन्द हुने छन । मोर्चाले हिजो एक बिज्ञप्ती जारी गर्दै जिल्ला भर यातायात संचालन गर्न दिने बताएको हो । मोर्चाका पाल्पा संयोजक धिरज राना, नेकपा माओबादी पाल्पाका सेक्रेटरी गिर ब। थापा ९बिरबल०, नेकपा एकिकृत पाल्पाका सचिब नबिन थापा र नेकपा ९माओबादी० पाल्पाका संयोजक कृष्ण भण्डारीद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तीमा महोत्सबका लागी यातायात संचालनमा रोक नलगाइए पनी अन्य क्षेत्रमा भने पुर्ण रुपमा बन्द कायम रहने उल्लेख छ ।
प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार बनाउन खोजेको, राष्ट्रियता खतरामा परेको लगायतका मुद्दालाई अगाडि सारेर बन्द आह्वान गरिएको माओवादी सचिव देव गुरुङले जानकारी दिनुभयो ।
बैद्य माओवादीको बन्दमा मातृका यादव नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र संघिय लिम्बुवान परिषद (कुमार लिङदेन समुह)ले पनि समर्थन जनाएका छन् ।

0 comments
तपाईंको प्रतिकृया