Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भैरहवा भन्सारमा कर्मचारीको बेथिती, निकाय मौन

नरेश के सी
 भैरहवा - मुलुकको दोस्रो ठुलो भन्सार कार्यलय भैरहवा भन्सार कार्यलय अहिले वेथितीले गर्दा थलिएको छ । राजस्व उठाउने हिसाबले दैनिक ४ करोड भन्दा बढी राजस्व उठाइरहेको यो भन्सार कार्यलमा कर्मचारीहरुको मनपरितन्त्रले गर्दा समस्या निम्तिएको हो ।यदि कर्मचारी र प्रसासनले भन्सार नियम ऐनलाई जस्ताको तस्तै पालना गरी कायृ सम्पादन गरेमा यो भन्सार कार्यलयमा दैनिक उठ्ने राजस्व दरमा पनि बृद्धि हुन्छ भने भ्रष्टाचार शुन्य सहनशिलता पनि लागुहुन सक्छ । तर यो हुन सकेको छैन । किनकी यहा पशु सेवा कार्यलयमा दरबन्दि भएका कर्मचारी पनि यहि कार्यरत छन् । दरबन्दि भन्दा दोब्बर संख्यामा कर्मचारी कार्यरत छन् । बेरियल चेक तथा जाचकीले दैनिक हजारौ रुपैया सेवा ग्रहीबाट असुलि रहेका छन् । भन्सार परिसरमा थन्एिका मक्किएका महंगा मूल्यका सयौं गाडिहरु लिलाम हुन नसक्दा कवाडीको भाऊमा बेचिन बाध्य भएका छन् । हो , निजामति कर्मचारीलाई भन्सार कार्यलय सबैभन्दा आर्कषणको कार्यलय मानिन्छ । तलब बाहेक अतिरिक्त कमाई हुने भन्सार कार्यलयमा काम गर्न कर्मचारीको तछाडमछाड नै चल्ने गर्दछ । त्यसैले होला भन्सार कार्यलयमा दरबन्दि पर्नु भनेको त्यो कर्मचारीको भाग्यमा सुनको अण्डा फल्नु जस्तै हो । त्यसैकारण सरुवा भएर पनि भैरहवा भन्सार कार्यलयमा कार्यरत कर्मचारी सरुवा भएको अड्डामा जान आनाकानी गर्ने गर्दछन् । जसको पछिल्लो उदाहरण बनेका छन् ,भन्सार कार्यलयका हाकीमहरुको राम्रै आशिर्वाद पाउदै आएका कार्यलय सहयोगी पदमा कार्यरत विष्णुदत्त बडु गत चैत्रमा सामन्य प्रसासन मन्त्रालय मार्फत जिल्ला पशु सेवा कार्यलय रुपन्देहीमा सरुवा भएका थिए । तर एक वर्ष वितिसक्दा पनि उनी अझै पशु कार्यलयमा हाजिर हुन गएका छैनन् । हाल पनि भैरहवा भन्सार कार्यलयमा नै काम गरिरहेका छन् । सामन्य प्रसासन मन्त्रालयको चलानी नम्बर ४७५, मिति २०६८ चैत्र १६ गतेको पत्र अनुसार कार्यलय सहयोगी बडुलाई पशुमा सरुवा गरिएको हो तर उनी पशुमा जादैं गएनन् । बडुसंगै भन्सार कार्यलयमा नै कार्यरत अर्का कर्मचारी रघुनाथ सुवेदीलाई पनि जिल्ला पशुसेवामा सामन्य प्रसासन मन्त्रालयले सरुवा गरेको थियो तर तीनि सुवेदी भने तत्कालै रमना बुझी भन्सारबाट अन्यत्र गएका छन् । यता भन्सारबाट दुईजना कर्मचारी पशुमा आउने भएपछि जिल्ला पशु सेवा कार्यलय रुपन्देहीबाट सामन्य प्रसासनकै चलानी नम्बर ४३१ अनुसारको गत चैत्र २८ गतेको पत्र अनुसार पशुका कार्यलय सहयोगि लहुरी पदका काहार र विनोद कुमार झा रमाना बुझेर भन्सार गइसकेका छन् । यसरी भन्सारबाट सरुवा भई आउनुपर्ने कर्मचारी नआएपछि जिल्ला पशुसेवा कार्यलयका प्रमुख डा. लक्ष्मण बहादुर ढकालले भैरहवा भन्सार कार्यलयलाई पत्र लेखे । पशुको चलानी नम्बर ६४६, मिति २०६९ असार २२ गते प्रमुख डा. ढकालद्वारा हस्ताक्षरित पत्रमा भैरहवा भन्सार कार्यलयलाई सम्बोधन गर्दै सरुवा भएका कर्मचारी हाजिरी हुन पठाईदिनु भन्ने विषय उल्लेख गरिएको थियो । डा. ढकालले यस कार्यलयबाट २ जना कर्मचारी रमना लिनु भई त्यहा गईसकेको तर त्यहाबाट यस कार्यलयमा आउनुपर्ने कर्मचारी नआएकोले तुरुन्त रमाना दिई हाजिर हुन पठाईदिई सहयोग गर्नुहुन भन्दै अनुरोध सहितको पत्र लेखेका थिए । यता जिल्ला पशुसेवा कार्यलयमा कर्मचारीको अभाव हुदा कामकाज प्रभावित भएको कार्यलय प्रंमुख लक्ष्मण बहादुर ढकालले जनाए । प्रमुख ढकालले जिल्लाको पशु सेवा कार्यलय मातहत २१ वटा कार्यलय रहेको जनाएका छन् । १३ वटा उपकेन्द्र, ५ वटा सेवा केन्द्र, २ वटा सम्पर्क कार्यलय र १ वटा प्रधान कार्यलयमा ५१ जना को दरबन्दि रहेता पनि जम्मा ४८ जना कार्यरत हुदा तिनवटा सेवाकेन्द्रको दैनिक प्रभावित भएको उनले जनाए । वरिष्ठ पशु चिकित्सक ढकालले पशु कार्यलयलाई सानो कार्यलय भनेर हेपेर नै भन्सारले नटेरेको हुनसक्ने बताए । उनले आफुले मौखिक र लिखित रुपमा कर्मचारीलाई रमना दिई पठाईदिन आग्रह गर्दा भन्सारले नटेरेको बताए । पशु कार्यलयले लेखेको पत्र पश्चात न ती कर्मचारी हाजिर हुन आए न त भन्सारले जवाफ नै पठायो । पशुमा कर्मचारीको अभावका कारण मानपकडी, मर्यादपुर, गजेडी पशुसेवा उपकेन्द्रको सेवा प्रभावित भएको पशु सेवा कार्यलय रुपन्देहीका प्रसासन प्रमुख शोभाकान्त नेपालले जनाए । यता भन्सार कार्यलयका निमित्त प्रमुख जय प्रसाद भण्डारीलाई यसबारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा नै आउन चाहेनन् भने भन्सार प्रवक्ता ज्ञानेन्द्रराज ढकालले पशु कार्यलयले पनि नखोजेको र हामीलाई सधै कर्मचारीको कमी हुनेहुदा यसबारेमा त्यत्ति गहन ध्यान नदिएको बताए । एउटा विषयगत कार्यलयबाट अर्को कार्यलयमा सरुवा भएका कर्मचारी अटेर गरेर बसीरहेको सम्बन्धमा रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले यसबारेमा तत्काल बुझि कारबाहि अगाडी बढाउने प्रतिक्रिया दिएका छन् । भैरहवा भन्सार कार्यलयमा २८ जना कार्यलय सहयोगिको दरबन्दि रहेता पनि हाल यहा ५६ जना कार्यरत छन् । कुनै कार्यलयमा काम गर्ने कर्मचारी छैन भने कुनैमा दरबन्दि भन्दा दोब्बर कर्मचारी कार्यरत हुदा पनि सम्बन्धित निकाय चुप छ । किनकी कर्मचारीको लागी मालदार अड्डा भनेर चिनिेने भन्सारमा कार्यरत भएका कर्मचारीले माथिल्लो तहसम्म यता उता गरि कमाएको रकम पठाउने व्यवस्था गर्दछन् । त्यसैले हाकिमहरु आफ्ना नजिकका र विश्वासीला तल्लो तहका कर्मचारीलाई भन्सारमा खटाउने गर्दछन् । पशुमा नगएर भन्सारमै बसिरहेका बडु भन्सारकै नियमभित्र पनि समेटिएका छन् । भन्सारमा कार्यरत कर्मचारीहरु पालैपालो छोटी भन्सारमा जानुपर्ने हो तर उनी ओपचारिकताकालागी एक पटक मात्रै पक्लिहवा छोटी भन्सार गएका छन् । जबकी अन्य कर्मचारी प्रत्येक चारचार महिनामा छोटी भन्सारमा जानेगर्छन । भैरहवा भन्सार मातहत रुपन्देहीको लुम्बिनी र पक्लिहवा , नवलपरासीको भुजहा, महेशपुर, गुठी पर्सौनी र विष्णुपुरा छोटी भन्सार छन् । भैरहवा भन्सारको बेरियल चेक र भित्र गरी दैनिक तिन समुह क्रियासील हुने गर्दछ । एउटा टोली विष्णुदत्त बडुको नेतृत्वमा, अर्को कमल जोसीको नेतृत्वमा र अर्को हरिशरण थापाको नेतृत्वमा । प्रत्येक समुहमा १२ जना हुनेगर्दछन् । यी समुहको खटनपटनमा पनि बडुको भूमिका रहने गरेको कर्मचारी स्रोतले जनाएको छ । तत्कालिन भन्सार प्रमुख डिकरदेव भट्टका नजिक मानिएका बडु आर्थिक चलखेलमा पोख्त रहेको एक कर्मचारीले बताए । मुलुकको दोस्रो ठुलो भन्सारमा अब नया प्रमुखका रुपमा कुल राज ज्ञवाली आउने भएका छन् । प्रमुख नभएको यो समयमा भन्सारमा धेरै चलखेल भएको हुनसक्ने बुझिएको छ । यो त भन्सार कार्यलयमा भएको कर्मचारी तन्त्रको मनपरि हो । कर्मचारी र प्रसासनकै लापरबाहिकै कारण भन्सार कार्यलयमा बार्षिक करौडौ नोक्सान भएको रहस्रय पनि बाहिर आएको ट । लामो कानुनी जटिलताका कारण भैरहवा भन्सार कार्यलय परिसरमा रहेका करौडौं मूल्य बराबरका सवारी साधन कवाडीमा विक्रि गर्ने अवस्थामा पुगेका छन् । नेपालको दोस्रो ठूलो भन्सार भैरहवा भन्सार कार्यलय परिसरको खुल्ला आकाश मुनि रहेका सयौं मोटरसाइकल तथा चारपागं्रे गाडीहरु अहिले कवाडीमा विक्री गर्ने अवस्थामा पुगेका हुन् । सीमावर्ति भारतीय बजारबाट नेपाल भित्राईएका तथा गैर कानुनी तवरले चोरी निकासी भई आएका एवं गैर कानुनि क्रियाकलापमा संलग्न सवारी साधनलाई पक्राउ गरि सुरक्षा निकायले भैरहवा भन्सारमा लिलामीकोलागी पठाएता पनि समयमै लिलाम हुन हुन नसक्दा राज्यलाई करौडौं घाटा पर्न गएको हो । भन्सार तथा सुरक्षा निकायले नियन्त्रणमा ल्याउ“दा राम्रो अवस्थामा चलिरहेका सवारी साधन भन्सारले जफत गरी लिलामी प्रकृया सम्म पुग्दा महिनौ लाग्ने हु“दा ती सवारी साधनहरु जीर्ण अवस्थामा पुग्ने हुनाले लिलाम प्रक्रियामा जादा अत्यन्तै कम मानिसले कम मूल्यको टेन्डर हाल्दा राज्यलाई घाटा लाग्ने गरेको हो । भैरहवा भन्सार कार्यालयका प्रवक्ता ज्ञानेन्द्रराज ढकालले लामो कानुनि प्रक्रिया र जफत गरिएका सवारी साधन खुल्ला आकसमुनि राख्नुपर्ने बाध्यताका कारण राम्रो कन्डिसनका सवारी साधन पनि लिलाम प्रक्रिया सम्म जादा रुग्ण अवस्थामा पुगिरहेको बताए । प्रवक्ता ढकालले भने Ò“ भन्सार लिलामको लामो प्रक्रियाका कारण यस्तो भएको हो तर कवाडीमा नै बेच्ने अवस्था चाहि आएको छैन तर जफत सवारी साधन रुग्ण चाहि अवश्य भएका छन् । यता भन्सार अधिकृत शुशील कुमार थापाका भने सवारी साधन पुरानो हुने र जिर्ण भैसकेपछि मात्र लिलाम प्रकृयामा जा“दा सवारी साधनको मुल्याङकन समेत कम पर्ने र राज्यको लाखौ राजस्व समेत गुमिरहेको स्वीकारे । हाल भैरहवा भन्सार कार्यालयले जफत गरेका सयौंको संख्यामा मोटर साइकलहरु, महङगा कारहरु, ट्याक्याटरहरु, ट्रकहरु खुल्ला आकास मुनी महिनौ देखि राखिएका छन् । कुनै गाडीहरु झाडी भित्र छन् भने धेरैजसो खिया लागेर कवाडीमा बेच्नुको विकल्पमा छैनन । लामो कानुनी जटिलताको विषयमा भन्सार कार्यालय मुद्दा शाखा प्रमुख कृष्ण प्रसाद घिमिरेले भने “ सबैभन्दा पहिले सवारी साधन सरकारी प्रकृया अनुसार ७ दिने सुचना निकाली जफत गरिन्छ । जफत पश्चात भन्सार प्रमुखको अध्यक्षतामा जिल्ला प्रसाशन कार्यालयको प्रतिनिधि, यातायात कार्यालयका प्राविधिक, जिल्ला कोलेनिका प्रतिनिधि र सिद्धार्थनगर उद्योग बाणीज्य संघ रुपन्देहीका प्रतिनिधिको रोहवरमा मुल्याङकन समिति गठन गरी सवारी साधनको मुल्याङकन गरी राष्ट्रिय दैनिक पत्रिकामा २१ दिने सुचना निकाली लिलाम गरीने लामो कानुनी प्रक्रिया रहेको छ । यसरी ‘जफत गरिएका सवारी साधनको मुल्याङ्क गर्नै समय लामो लाग्ने र सबै समीतीका प्रतिनिधि समेत भनेको समयमा उपस्थित हुन नपाउ“दा महिनौ समय लम्बीदै जादा बार्षीक चार चोटी सवारी साधनको लिलाम गर्नुपर्नेमा सो हुन सकेको छैन । यसरी लामो कानुनी प्रक्रियाका कारण भनेर भन्सार कर्मचारीले भनेता पनि गाडीहरु लिलाम गर्दा भन्सारमै कार्यरत कर्मचारीको पनि मिलोमतोको कारण समस्या निम्तिएको नाम नबताउने शर्तमा एक कर्मचारीले भने ” समयमा नै लिलाम गरे वार्षिक करौडौं रुपैया राजस्व उठ्ने ती सवारी साधन समयमै लिलाम नगर्दा अव कवाडीको मूल्यमा बेच्न बाध्य हुन सक्छ । यसको मूख्य जिम्मेवार हाकीमहरुको उदासिनता नै हो । ” यसरी भैरहवा भन्सार कार्यलयको पश्चिम पट्टि जथाभावी थन्काइिएका सयौ मोटर साइकलहरु कयौंको समानहरु निकालिएको अवस्थामा रहेका छन् भने कुनैमा पातपतिङगरहरुले पुरिएका छन्, तरुल तथा लहरे विरुवाको झाल बनिरहेका छन् । कैयौं सवारी साधनमा झारपातहरु समेत उम्रिएको र खिया लागिसकेको अवस्थामा र कुहिसकेको अवस्थामा समेत रहेका छन् । कानुनी प्रकृयालाई दोष दिएर भन्सार कार्यालयका कर्मचारी सवारी साधनको लिलामी समयमै गर्न नसकिने भन्दै पन्छिन खोेज्नु र सम्बन्धित निकायले यसको सहजता अपनाउन नखोजिदा राज्यको करोडौको राजस्व गुमिरहेको छ । यस तर्फ नियमक निकायको ध्यान गए राज्यको आम्दानी पनि बढ्ने थियो भने लिलामी प्रक्रियाबाट सस्तोमा खरिद गरि सर्वसाधरणको पनि सवारी साधनमा पहुचं पुग्ने थियो की ?

0 comments

तपाईंको प्रतिकृया