Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मुगुमा खाद्यान्नको चरम संकट: चामल नपाउँदा भोकभोकै

मुगु, फागुन २० – मुगु जिल्लामा खाद्यान्नको चरम संकट भएको छ । चामल नपाउँदा सर्बसाधारण भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । सरकारी कामको ढिलासुस्ती र खाद्यान्न ढुवानी गर्ने जिम्मा पाएको ठेकेदारको लापरवाहीले खाद्यान्न अभाव भएको स्थानीयबासीको गुनासो छ । गएको दशैंपछि एकपटक पनि खाद्यान्न ढुवानी नहुँदा सदरमुकाम गमगढीस्थित खाद्य गोदाम रित्तिएको छ । खाद्य संस्थान मुगुका प्रमुख हिरा बहादुर सिंहले गोदाममा खाद्यान्न मौज्दात शून्य भएको जानकारी दिए । खाद्यान्न उपलब्ध गराइदिन नेपाल खाद्य संस्थान काठमाडौं र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई माग गरिए पनि लामो समय भैसक्दा पनि ढुवानी हुन नसकेको बताए ।

0 comments

तपाईंको प्रतिकृया