रुपन्देहीमा नक्कली डाक्टरको बिगबिगी

नरेश केसी
भैरहवा,चैत १७ । रुपन्देहीका अधिकांश दन्त क्लिनिकहरु गैरकानुनी र नक्कली दन्त डाक्टरहरुको बिगबिगी नै रहेको तथ्य फेला परेको छ । डेन्टल क्लिनिकमा जाने बिरामीहरुलाई नक्कली डाक्टर हरुले आफु दन्त बिशेषज्ञ भएको परिचय दिदै उपचार गरीरहेको पाइएको हो । रुपन्देहीमा सञ्चालनमा रहेका अधिकांस डेन्टल क्लिनिकमा नक्कली डाक्टरको बिगबिगी मात्र होइन ति क्लिनिकहरु समेत सबै नक्कली रहेको जिल्ला जनस्यास्थ्य कार्यालयको तथ्याङकमा देखीन्छ । रुपन्देहीमा ४० डेन्टल क्लिनिक मध्य बुटवलमा रहेका आले डेन्टल क्लिनिक र पाल्पाली डेन्टल क्लिनिक मात्र नेपाल सरकार बाट स्विकृत प्राप्त गरेका क्लिनिक भएको जिल्ला जनस्यास्थ्य कार्यालय रुपन्देहीको रेकर्डमा रहेको छ । जिल्लामा गैरकानुनी रुपमा सञ्चालीत क्लिनिकहरुमा बुटवलमा साइराम डेन्टल,बुटवल डेन्टल,आषिश डेन्टल,एलिना डेन्टल,सिद्धार्थ डेन्टल, नमस्ते डेन्टल,आस्था डेन्टल,डक्टर डेन्टल रहेका छन् । भैरहवामा बुद्ध डेन्टल ,लुम्बिनी डेन्टल,अर्थो डेन्टल,दिप डेन्टल,स्माइल होम डेन्टल,अर्घा मेडीकल डेन्टल,आले डेन्टल लगाएतका डेन्टल क्लिनिकहरु गैरकानुनी रुपमा सञ्चालनमा रहेको जिल्ला जनस्यास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । लुम्बिनी अञ्चल अस्पतालका बरिष्ठ दन्त चिकित्सक डा. प्रकास बुढाथोकीका अनुसार–देशमा संकमणको फाइदा उठाउदै पैसा कमाउन रुपन्दहीमा च्याउ जस्तै गरी गैरकानुनी रुपमा क्लिनिक खुलेका र यी क्लिनिकमा नक्कली डाक्टरल उपचार गर्दा बिरामीलाई समस्या समाधान भन्दा पनि समस्या समाधान गर्न नसकीने तरीकाले झन ठुलो जटिलता थपिएका बिराम हामी कहा आउने गरेका जनाउदै ।डा.बुढाथोकीले भने,“दातको द पनि नजानेका व्यक्ति बाट यसरी उपचार हुदा दात तथा मुख सम्बन्धी बिभिन्न रोगहरु लाग्न सक्ने र सरुवा रोगमा रहेका एचआईभि एडस,हेपटाइटिस बि जस्ता रोग हरु समेत एक व्यक्ति बाट अकोर्मा सर्न सक्छ ।”जनस्यास्थ्य कार्यालय रुपन्देहीको सिफारीसमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यो बिकराल रुप रहेका क्लिनिक बन्द गर्नु पर्ने डा. बुढाथोकीले बताए । युनिभर्सल कलेज अफ मेडीकल साइन्सेस शिक्षण अस्पताल भैरहवा स्रोतका अनुसार–रुपन्देही कपिलबस्तु र नवलपरासीमा खुलेका डेन्टल क्लिनिकहरुमा बिषेशज्ञ बिनै उपचार गरीदा नक्कली डाक्टरहरुले बिरामीको गलत बिधि अपनाएर उपचार गर्दा ,बुद्धी बङगरा निकाल्ने भन्दै गलत रुपमा गीजा काटीएर ,निकाल्न नपर्ने दात निकालिएका,ओभर बिल्डीङ भएर,किराले खाएको दातको आरसिटीको नाममा गलत उपचार भएर धेरै मात्रमा बिरामी आउने गरेका उल्लेख गरेको छ । युनिभर्सल कलेज अफ मेडीकल साइन्सेस शिक्षण अस्पताल भैरहवाका दन्त बिषेशज्ञ डा. हेमन्त हलुवाइले जिल्लामा अधिकांस डेन्टल क्लिनिकहरुमा डक्टरको सर्टिफिकेट राख्ने र नक्कली डाक्टरहरुले उपचार गर्ने गरेको बताए ।उनले भने,“क्लिनिकहरुमा डाक्टर हु भन्दै काम गर्ने नक्कली डाक्टरहरुले केही दिन अगाडी मात्र एक बिरामीको निकाल्न नहुने दात निकाली दिएर दातको जरानै डयामेज पारीदिएका कारण बिरामीलाई मेडीकल कलेजले बेड मै राखेर उपचार गर्नु परेको थियो । अर्का एक बिरामीलाई दात सफा गर्ने क्रममा ओभर विल्डीङ भए पछि मेडीकल कले जमा मा ल्याइएको थियो ।” भैरहवा मेडीकल कलेजका एक बिषेशज्ञले आफ्नो नाम उल्लेख नगने र्सर्तमा भने,“केही दिन पहिला मात्र बुद्ध डेन्टल क्लिनिक भैरहवाको शाखाको रुपमा रहेको मणीग्रामको डेन्टल क्लिनिकमा दातको आरसिटि गने र्भनी बिरामी संग शुल्क लिएको तर सामान्य उपचार गरी बिरामी लाई घर पठाइएको र बुटवलको आषिश डेन्टल क्लिनिकले दात फीलीङ गर्न भनी थोरै प्याल पार्नु पर्नेमा फिलिङनै गर्न नमिल्ने तरीकाले दात प्याल पारेर थप उपचार गर्न नसके पछी बिरामी भैरहवा मेडीकल कलेजमा आएको बताए ।” बिषेशज्ञले भने,“ अनुभव नभएका र नक्कली डक्टरहरुले गर्दा यस क्षेत्रमा पैसाका लागी क्लिनिकहरुले जेपनि गरिरहेका तर सम्बन्धित निकायले कुने चासो नदीनु दुखद रहेका जनाए । जिल्लामा सञ्चालनमा रहेका क्लिनिकहरु कसैले पान नम्वर लिएर चलाएका छन्भ ने कसैले घरेलुको प्रमाण पत्र लिएर चलाएको देखीन्छ । २० ३५ साल देखी खुलेको क्लिनीक समेत दर्ता नभएको पाएको छ । मानव स्यास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा लाहपर्बाही हुदा सम्म जिल्लाका सम्बन्धीत निकाय,जिल्ला जनस्यास्थ्य कार्यालय,तथा जिल्ला प्रशासन कार्यालय मौन जस्तै रहेका छन् । क्लिनिकहरु दर्ता गरि सञ्चालनमा ल्याउनका लागी एक जना बिषेशज्ञ चाहिने र जिल्ला जनस्यास्थ्य कार्यालय को सिफारीसमा क्षेत्रिय स्यास्थ्य निदेर्शनालयले स्विकृत प्रमाण पत्र दिनुपर्दछ । जिल्ला जनस्यास्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वर श्रेष्ठले नक्कली डक्टरको बिगबिगी रहको र गैरकानुनी रुपमा जिल्लामा डेन्टल क्लिनिक सञ्चालनमा रहेको स्विकार्दै डेन्टल क्लिनिकहरुको स्विकृत दिने निकाय क्षेत्रिय स्यास्थ्य निर्देशनालय भएकोले अनुगमन पनि उसैले गर्नु पर्ने बताए । प्रमुख श्रेष्ठले गैरकानुनी रुपमा सञ्चालनमा आएका यस्ता क्लिनिकहरु बन्द गर्ने निकाय जिल्ला प्रशासन कार्यालय रहेको जनाए । जिल्ला प्रसाशन कार्यालय रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले जिल्ला जनस्यास्थ्य कार्यालय रुपन्देहीलाई सबै अधिकार भएको हुदा जिल्ला प्रशासन लाई नक्कली क्लिनिक खोलिएको जानाकारी नभएको जनाए । निमित्त प्रमख खनालले गैरकानुनी रुपमा सञ्चालनमा आएको क्लिनिकहरु बन्द गर्न जिल्ला जनस्यास्थ्य ले अनुरोध गरेका प्रशासन तयार रहेको बताए । यसरी एकले अर्कालाई दोष दिएर पन्छीन खोज्ने परीपाटीको अन्त्यगरी गलत र गैरकानुनी रुपमा सञ्चालीत क्लिनिक लाई बैधानीकताल्याउने काममा सम्बन्धित निकाय लाग्न आवस्यक रहेको सरोकारवालाको आवाज रहेको छ ।

0 comments
तपाईंको प्रतिकृया