किरणजीहरूसँग पार्टी एकता हुन्छ

राजनीतिक निकास कसरी दिने, संविधानसभाको निर्वाचन कसरी सुनिश्चित गर्ने भन्ने मै हामी बढी केन्द्रित छौं ।
पार्टीका आन्तरिक कामहरू के भइरहेका छन् ?
महाधिवेशनको म्यान्डेटअनुसार टुंगो लगाउनुपर्ने विषयहरू धेरै छन्, तर देशको विषम राजनीतिक परिस्थितिका कारण तिनलाई टुंगो लगाएर, एउटा योजना बनाएर जानुपर्ने काममा ढिलाइ भइरहेको छ । यसले आन्तरिक रूपमा पार्टीलाई नोक्सान पनि पारिरहेको छ । समग्र राष्ट्रिय राजनीतिको मुद्दा पार्टीको मुद्दाभन्दा पनि संवेदनशील भएका कारण हामी राष्ट्रिय सहमति र चुनावमा बढी केन्द्रित भएका हौं ।
पार्टीको केन्द्रीय समितिले कहिले पूर्णता पाउँछ ?

फागुन २६ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । त्यसले नै केन्द्रीय समितिलाई पूर्णता दिन पहल गर्नेछ ।
एमाओवादीको महाधिवेशनको सैद्धान्तिक र राजनीतक महŒव के हो ?
पहिलो त सैद्धान्तिक रूपमा कम्युनिस्ट आन्दोलनको समीक्षा हामीले गरेका छौं । कम्युनिस्ट आन्दोलन किन विजयमा पुगेर पनि पराजयमा बदलिएको छ ? त्यसमा वस्तुगत र आत्मगत कारणहरू केलाएका छौं । जनताको जनवाद र आन्तरिक जनवादको प्रयोगका सन्दर्भमा स्टालिनबाट केही त्रुटिहरू भए भन्ने कुराको संश्लेषण गरेका छौं । क्रान्तिपछि माओले चीनमा जे सुरुआत गर्नुभयो, त्यसका लागि उहाँलाई पर्याप्त समय त भएन उत्तराधिकार घोषणा गर्नेजस्ता उहाँका कामले पनि केही समस्या पैदा भयो भनेका छौं । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका त्रुटिबाट हामीले के सिक्ने ? भन्ने कुरा यसमा छ । दोस्रो, क्रान्तिलाई निरन्तरता दिन विकसित वस्तुगत परिस्थितिअनुसारको कार्यदिशा विकास गर्नुपर्छ भनेका छौं । तेस्रो, कम्युनिस्ट आन्दोलनमा बाँचुन्जेल नेतृत्व हुने परिस्थिति छ, यसको अन्त्य गर्नुपर्छ । निश्चित अवधिमा नेतृत्वहरू रिटायर्ड भएर नयाँलाई नेतृत्व सुम्पनुपर्छ भनेका छौं । चौथो, पहिचानसहितको संघीयता नै अहिलेको मूल कार्यदिशा हो । यसमा सबै उत्पीडित जाति, क्षेत्र, लिंग, वर्ण र समुदायको साथ लिएर अगाडि बढ्नुपर्छ भनेका छौं । पाँचांै, हाम्रो राष्ट्रियता कमजोर भएर गएको छ । त्यसैले यसलाई आत्मनिर्भरतासँग जोडेर जानुपर्छ भनेका छौं। जनतालाई आत्मनिर्भर बनाउने र नेपालको समग्र विकासलाई प्रभाव पार्नेगरी उत्पादन अभियान सञ्चालन गर्ने सोचेका छौं ।

उत्पादन अभियानको कुरा गर्दा राज्यसँग समन्वय नगरी त त्यो सम्भव छैन ?
ठूला राष्ट्रिय योजना सुरु गर्दा त राज्यसँग जोडिएरै गर्ने कुरा भयो । मूलतः आम जनतासँग मिलेर जनताको सामूहिक प्रयत्नमा गरिने उत्पादनलाई हामी अगाडी बढाउँछौं । व्यक्तिगत र सामूहिक उत्पादनहरू पनि जोडिएर अगाडि बढ्नेछन् ।

राष्ट्रिय राजनीतिमा जाऔं, अब प्रधानन्यायाधीश प्रधानमन्त्री हुन तयार हुनुभयो हैन ?
हो, अब त्यही स्थिति बनेको छ । दलहरू भित्रैबाट प्रधानमन्त्री चुन्न दलहरू असफल भए पनि त्यो असफलताको बीचबाट सहमति गरेर अर्को सफलतामा पुग्ने प्रयत्न हो यो । तर, नयाँ सरकार नै चाहिँ प्रधानन्यायाधीश प्रधानमन्त्री हुनुहुन्न भनेर जुन मुद्दा सर्वोच्चमा परेको छ, त्यसको फैसला भएपछि मात्र बन्ला ।

प्रधानन्यायाधीश नेतृत्वको सरकारले चुनाव गर्न सक्ला त ?
त्यसको मुख्य काम नै संविधानसभाको चुनाव सम्पन्न गर्ने हो ।

जेठमै चुनाव हुन्छ त ?
जेठमै चुनाव सम्भव होलाजस्तो मलाई लाग्दैन । चुनाव मंसिरमा हुन सक्छ ।
प्रधानन्यायाधीशको नेतृत्व स्विकार्ने, संविधानसभाको निर्वाचन गर्ने कुरामा दलहरु सहमत भए पनि समायोजनमा दर्जा मिलान, नागरिकता र सत्य

निरुपण तथा मेलमिलाप आयोग गठन जस्ता विवादित विषयहरु त अझैं मिलेका छैनन् । त्यी विषयहरु कसरी हल हुन्छन् ?
दर्जा मिलानको कुरा गर्दा एक फुल कर्णेल, दुई लेफ्टिनेन्ट कर्णेल भनेर हिजै सहमति भइसकेको कुरा हो । त्यसलाई यसरी नै टुंग्याइनुपर्दछ । नागरिकताको कुरा गर्दा सबै योग्य नेपालीलाई नागरिकता दिनुपर्छ, कुनै पनि बहानामा नागरिकता वञ्चित बनाइनुहुँदैन । तर, नेपाली जनतालाई दिने भनेर विदेशीले नागरिकता पाउने कुरा स्वीकार्य हँुदैन । सत्य निरुपण तथा मेलमिलाप आयोगको कुरा गर्दा युद्धका जघन्य अपराधका घटनाबाहेक बाँकी घटनामा मेलमिलापको स्पिरिट राख्ने भन्ने नै हो । मेलमिलापलाई प्रधानता दिएर अब अगाडि बढ्नुपर्छ । यही वरिपरि छलफल भइरहेको छ ।

युद्धमा त्यत्रा सेना लडेका थिए, १९ हजार त प्रमाणिकृत नै थिए । तर, १३ सय मात्र समायोजन भयो । यस्तो किन भयो ?
यसमा हामी असफल भएकै हौं । पहिल्यै समायोजनमा जानेलाई छुट्याएर बाँकीलाई बिदा गरेको भए ठीक हुन्थ्योे । अर्को, साथीहरूलाई आर्थिक प्याकेजले पनि बढी आकर्षित ग¥यो ।

नेता र कार्यकर्तामा हिजो जनयुद्धमा जुन स्पिरिट थियो, आज त्यो स्पिरिट हराउँदै गएको हो ?
हिजोको परिस्थितिको स्पिरिट आजको परिस्थितिमा हुने भन्ने नै भएन । त्यो हुँदैन । तपाईं पौडी खेल्दाको स्पिरिट र लुडो खेल्दाको स्पिरिट एउटै हुँदैन । तर पनि जनयुद्धबाट आएको जुन मूल पंक्ति छ, त्यो जनताका लागि जस्तोसुकै त्याग गर्न तयार छ ।

जनयुद्ध लड्न पनि तयार हो ?
जनयुद्ध त अब आवश्यक नै छैन । अबको प्रश्न क्रान्तिका बाँकी कार्यभारलाई कसरी सम्पन्न गर्ने भन्ने प्रश्न हो । त्यसका लागि जनताको साथमा रहने, मन जित्ने र जनताकै बल तयार पार्ने कुरा हो ।

एमाले पनि यसो भन्दाभन्दै अहिलेको ठाउँमा आएको हो भन्ने छ नि ?
एमालेले हिजो भन्नका लागि भनेको थियो । हामीले त राजतन्त्र अन्त्य गरेर, परिवर्तनका मुद्दा स्थापित गरेर, संघीयता, धर्मनिरपेक्षता जस्ता कुरा ल्याएर देखायौं । यी जनवादी क्रान्तिका केही महŒवपूर्ण कार्यभार थिए । तर, क्रान्ति पूरा भयो हामीले भनेको छैनौं । क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने र समाजवादी क्रान्तिकौ दिशामा अगाडि बढ्ने भनेर हामीले प्रस्ट भनेका छौँ । यसमा कुनै छलछाम छैन ।

जनवादी क्रान्तिमा बल प्रयोग हुन्छ कि हुँदैन ?
चार आधारसहित जनताको समर्थन लिएर अगाडि बढ्दा, जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको फड्कोमा हामी पुग्दा बल प्रयोग अनिवार्य हुनेछ । यो कुरालाई हामीले दस्तावेजमा प्रस्ट पारेका छांै ।

नेपाली कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दा माओवादी आफैं फुट्नुपरेको जुन स्थिति छ, यसमा कमजोरी भयो कि भएन ?
पार्टीमा जनवादको विकास गर्ने कुरा हामीले गरेका छौं । तर, हिजो यति धेरै जनवाद दिइयो कि पार्टीको मान्यताबाहिर जाँदा पनि छुट दिइयो । यो गल्ती थियो । छलफल र बहसलाई त हामीले विकास गर्नुपर्छ भनेकै छांै । तर, किरणजीको नेतृत्वमा साथीहरू फुटेर जानुको कारण उहाँहरूको संकीर्णता र जडता नै हो। उहाँहरू अहिले चौबाटोमा अल्मलिनुभएको छ । न जनयुद्ध गर्न सक्ने स्थिति, न त स्पष्ट कार्यदिशा नै छ । यसले के स्पष्ट पार्छ भने नेपाली समाजको विकास, नेपाली क्रान्तिको विकासका बारे उहाँहरूमा गलत बुझाइ छ ।

उहाँहरु चुनवाङ बैठकदेखि नै गल्ती भयो भन्नुहुन्छ ?
उहाँहरूले त समग्र राजनीतिक आन्दोलनको मूल्यांकन गर्ने कुरामा नै गल्ती गर्नुभएको छ । अहिले फर्किएर चुनवाङमा गल्ती देखाउने, दोस्रो राष्ट्रिय सम्मेलनमा गल्ती देखाउने, आफंै प्रक्रियामा सामेल हुने, आफंै गल्ती देखाउने काम उहाँहरू गर्दै हुनुहुन्छ । अरू कुन उपायबाट क्रान्ति सम्पन्न गर्न सकिन्थ्यो भन्न उहाँहरूले सक्नुभएको छैन ।

जनयुद्ध र शान्ति प्रक्रियामा कुनै गल्ती नै नभई पार्टी फुट्यो त ?
उहाँहरूले जे भन्नु भएको छ, त्यसको चाहिँ कुनै औचित्य छैन । तर, गल्ती नै भएन हामीले कहाँ भनेका छौं ? गल्ती भएरै कतिपय कारबाहीमा असफल भयौं । कैयौं अनावश्यक, अति बल प्रयोगका घटना पनि भए । त्यसैले शान्ति प्रक्रियापछिका १२÷१५ गल्तीलाई हामीले दस्तावेजमै लिपिबद्ध गरेका छौं ।

पालुङटार प्लेनमले कार्यकर्तालाई तीन नेतामा विभक्त बनाएको थियो । दुई नेता त एमाओवादीमै हुनुहुन्छ । अहिले कार्यकर्ता विभक्त छन् कि छैनन् ?
अध्यक्ष कामरेड प्रचण्ड र कामरेड बाबुरामको बीचमा कार्यदिशाका हिसाबले अहिले कुनै अन्तरविरोध छैन । महिाधिवेशको दस्तावेज सहमतिको दस्तावेज हो । सिंगो पार्टीको दस्तावेज हो । यो एकता अहिले संगठनात्मक र भावनात्मक रूपले पनि देखिएको हो । व्यक्तिविशेषले आफ्ना स्वार्थका लागि कुनै समूह वा गुट बनाउने कुरा त हुन सक्ला तर अहिले हाम्रा नेताहरू बीचमा देखिको एकता बनावटी होइन र साँच्चिकै हो भन्ने कुरामा म विस्वस्त छु । अब प्रचण्ड र बाबुरामलाई फरक ढंगले हेर्नु पर्दैन ।

प्रचण्डले पालुङटारमा चाहिँ किरणसँग संघर्ष कम एकता बढी, बाबुरामजीसँग एकता कम संघर्ष बढी भन्नुभएको थियो, त्यो स्थिति रहेन ?
त्यो रूपान्तरण भएर अहिले एकतामा बदलियो । प्रचण्डको बाबुरामसँगको सम्बन्ध कस्तो हो भने एकता, संघर्ष, रूपान्तरण र नयाँ आधारमा नयाँ एकता । यो अगाडि बढ्ने टे«न्ड हो । तर, किरणजीसँगको सम्बन्ध संघर्ष, एकता, संघर्ष र फुट । यो मोहनविक्रम टे«न्ड हो ।

संघर्ष, एकता, संघर्ष, फुट भनेपछि किरणजी सँग अब एकता हुन सक्दैन ?
फुटपछि पनि एकता हुन्छ । उहाँहरू एकतामा नआई सुखै छैन । कि माओवादी हुनै छाड्नुप¥यो । नत्र अरू विकल्प छैन ।

नेकपा–माओवादी किरणको नेतृत्वमा रहेकै स्थितिमा एकता हुन्छ ?
हुन्छ । यसमा म विश्वस्त छु ।
हुन्छ । यसमा म विश्वस्त छु ।

0 comments
तपाईंको प्रतिकृया