माओवादी, एमालेद्धारा निकासका लागीे छलफल
२६ फागुन काठमाण्डौ । प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनका लागि प्याकेज सहमतिमा हस्ताक्षर हुनै लाग्दा सहमति भाँडिएपछि एकीकृत नेकपा माओवादी र नेकपा एमालेका नेताहरुविच आज छलफल भएको छ ।
सहमति निर्माणको प्रयासमा बिहान द्विपक्षीय छलफल भएको हो । लाजिम्पाटस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको बैठकमा सहममति निर्माणका लागि सकारात्मक छलफल भएको नेताहरूले बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
एमालेले नागरिकता, मतदाता नामावली र सत्य निरुपण्ँ मेलमिलापआयोग सम्बन्धी अध्यादेशमा समावेश गरिने प्रावधानमा नयाँ सर्त अघिसारेपछि बैठक टुंगोमा पुग्न सकेको थिएन । छलफलमा माओवादीबाट अध्यक्ष प्रचण्ड र एमालेबाट अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, सचिव विष्णु पौडेल र नेता भीम रावल सहभागी हुनुभएको थियो ।

0 comments
तपाईंको प्रतिकृया