Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तोकिएकै समयमा निर्वाचन - रेग्मी

चैत ७ काठमाडौ,
चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले तोकिएको समयमा निर्वाचन गर्न सरकार तयार रहेको बताउनु भएको छ । राजधानिको भृकुटिमण्डमा २४ औं राष्ट्रिय औद्योगिक मेला आज उद्घाटन गर्दै अध्यक्ष रेग्मीले सरकारको एक मात्र उद्देश्य निर्वाचन भएको बताउनु भयो । कार्यक्रममा उहाँले सरकारी तथा गैरसरकारी क्षेत्र, औद्योगिक तथा व्यवसायिक क्षेत्र एवम् सबै नेपाली जनतालाई निर्वाचन गराउनकालागि सहयोग गर्न आग्रह गर्नुभयो । यसैबीच संवैधानिक परिषदले आज पूर्णता पाएको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले गृहमन्त्री माधवप्रसाद घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र महिला बालबालिका तथा समाज कल्याणमन्त्री ऋद्धिबाबा प्रधानलाई संवैधानिक परिषदको सदस्यमा नियुक्त गरेपछि परिषदले पूर्णता पाएको हो । अब परिषदले निर्बाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, महालेखा परीक्षक लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्तीको प्रकृया शुरु गर्ने छ ।

0 comments

तपाईंको प्रतिकृया