सरकार ढलेसँगै सत्ताकब्जाको सम्भावना अन्त्य ; ओली
चैत १०, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले एमाओवादी नेतृत्वको भएको बताउनुभएको छ ।
एमाले धवलागिरि अञ्चल सम्पर्क कमिटीद्वारा आयोजित प्रशिक्षण, सम्मान र वनभोज कार्यक्रममा नेता ओलीले अहिले खिलराज रेग्मीको नेतृत्वमा नयाँ सरकार बन्नु ठूलो र सकारात्मक परिवर्तन हुनुका साथै यसले सत्ताकब्जाको सम्भावनालाई अन्त्य गरिदिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अबको स्थितिमा आन्तरिकरुपमा विभाजित र जनस्तरका खुइलिसकेको एमाओवादीले सत्ताकब्जाको ल्याकत राख्न सक्दैन भन्नेमा हामी ढुक्क छौं ।”
नेता ओलीले अब एमालेको ध्यान निर्वाचनतिर केन्दि्रत भएकाले निर्वाचनबाट सर्वसत्तावादीलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।अझै पनि कतिपय तत्वहरुले निर्वाचन हुन नदिने र मुलुकलाई विखण्डन र अराजकतामा लैजाने षड्यन्त्र गरिरहेकाले त्यसको विरोधमा सङ्गठित हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेता ओलीले बाग्लुङ्गका ज्येष्ठ कम्युनिष्ट नेता वसन्ता गौचनलाई सम्मानित गर्नुभयो । 
0 comments
तपाईंको प्रतिकृया