बङ्गलादेशको प्रदर्शनमा असीभन्दा बढीको मृत्यु्
फागुन २४ (एजेन्सी) बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रताको आन्दोलनका क्रममा भएको भनिएको युद्ध अपराधको आरोपमा भड्किएको हिंसामा परी ८० जनाभन्दा बढीको ज्यान गएको छ ।
मुस्लिम समर्थित राजनीतिक दलका नेताहरूलाई मृत्युदण्डको सजाय सुनाइएपछि केही हप्तायता त्यहाँ हिंसा भड्किएको हो ।
यसक्रममा हजारौँ पर्यटक देश छोडेर भागेका थिए भने कतिपयलाई उनीहरुले बसेका होटलले नै सुरक्षाको अवस्था नभएको भन्दै अन्यत्रै सारेका थिए ।
बङ्गलादेशमा स्वतन्त्रताको आन्दोलनका समयमा भएका युद्ध अपराधसम्बन्धी दण्ड सजायका लागि गठन गरिएको अदालतले गतहप्ता जमात–ए–इस्लामी नामको त्यहाँको सबैभन्दा ठूलो मुस्लिम दलका उपाध्यक्ष दिलवर हुसेन सैयदलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
0 comments
तपाईंको प्रतिकृया