Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विद्र्याथी चढेको जीप र्दुघटना हुँदा १९ घाइते ।

पाल्पा, ९ चैत्र । विद्र्यार्थी बोकेर र्फकिदै गरेको जिप दुर्घटना हुदा १५ जना घाइते घएका छन । गुल्मीको दौँघा गाविस गैरी खुट्टामा लु १ ज १७९३ नम्बरको जिप र्दुघटना हुँदा १५ जना विद्यार्थी सहित १९ जना घाईते भएका छन्। । गुल्मीको आत्मवोध उच्च माध्यमिक विद्यालय खज्र्याङ्ग मानकोट केन्द्रबाट एसएलसी परीक्षा दिएका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दौँघाका विद्यार्थी र्दुघटनामा परेको प्रहरीले जनाएको छ। घाईतेहरु मध्ये ५ विद्र्याथी गम्भीर रहेका र स्थानीय कालिदास आत्रेयले बताए। र्दुघटनामा परि घाइते हुनेहरुमा कमल र्घती, बिष्णु र्घती, शुरेस ज्ञावली, धन बहादुर राना, र्दुगाबहादुर सोमरे, मैया ज्ञवली, राजकुमार राना, रबिन ज्ञावली, जिवन र्घती, प्रकाश सोमरे, सुनिता राना, सम्झना थापा, राजकुमार थापा, रामबहादुर ज्ञावली, राजेश ज्ञावली, अनु रेश्मी, धनबहादुर सोमरे, अमित थापा लगायत रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा परेका अधिकांश बिद्यार्थी एसएलसी परीक्षा सकेर फर्किएका रहेको प्रहरी भनाई छ । घाइते सबैलाई उपचारको लागि पाल्पा ल्याइएको छ । जीप सडकवाट करिव २० मिटर तल खसेर रुखमा अड्किएको स्थानिय छबिलाल ज्ञवालीले बताए । क्षमताभन्दा बढी यात्रु राखेका कारण जीप र्दुघटना भएको हुन सक्ने शंका गरिएको छ। जीप चालक प्रेम सोमै भने फरार छन्।

0 comments

तपाईंको प्रतिकृया