पाल्पाली समाज सेवी भुयुमान लिगलको निधन
पाल्पा ३ चैत्र । पाल्पाली समाज सेवी भुयुमान लिगलको सुक्रबार बिहान निधन भएको छ । तानसेन वडा नम्बर ५ टक्सारटोल निवासी ९३ बर्षिय भुयुमान लिगलको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा मृत्यु भएको परिवारले जनाएका छन् ।
नाक बाट रगत बजेको र निमोनिया भएपछि लिगललाई अस्पतालमा एक महिना सम्म आईसियुमा राखेर उपचार गरिएको थियो । सुक्रबार विहान लिगलको निधन भएको हो । लिगलको पार्थिव सरिरलाइ तानसेन बजार परिक्रमा सहित तानसेन टुडिखेलमा श्रद्धाञ्जी सभा गरेर दाहसंस्कारका लागि राम्दी तर्फ लगिएको छ । आज बिहान श्रद्धाञ्जली सभा गरेर शवलाइ दाहासंस्कारका लागि लगिएको हो । तानसेनमा भएको शव यात्रामा उल्लेख्य सहभागिता थियो । राजनीतिक दलका नेता कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, सर्वसाधारण र वहाँका शुभचिन्तक शव यात्रामा सहभागि थिए । लिगलले तानसेनमा गरेको समाजसेवाका कारण वहाँले नगरपिताको सम्मान पाउनु भएको थियो ।तस्बिर सौजन्यः राजेश्वर उदय (फेसबुकबाट)

0 comments
तपाईंको प्रतिकृया