Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पहिला राजिनामा गर्नुपर्छः नेपाल

फागुन २५ काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राजिनामापछि मात्रै प्रधानन्यायायाधीशलाई प्रधानमन्त्री बनाउनुपर्ने तर्क गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेपालले राष्ट्रपति कार्यालयमा सपथ लिने बेलामा भएपनि शक्ति पृथकीकरणको सिद्धान्तलाई सम्मान गर्दै प्रधानन्यायाधीश खिलराज रेग्मीले राजिनामा दिनुपर्ने जिकीर गरे । उनले एकीकृत नेकपा माओबादी अझै पनि बिपक्षी दललाई आन्दोलन गर्न पनि नदिने सहमतिको सरकार पनि बनाउन नदिने रणनीतिमा रहेको आरोप लगाए । बिपक्षीहरुले यो कुरालाई नबुझी माओबादीका एजेण्डामा भुलिरहेको नेपालको भनाई छ।

0 comments

तपाईंको प्रतिकृया