Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गाडि भाडा ९ प्रतिशत बढ्ने

फागुन २२, काठमाडौं । सरकारले सार्बजनिक यातायातको भाडा नौं प्रतिशत बढाउने तयारी गरेको छ । एक साताभित्र नयाँ भाडा दर लागु हुने स्रोतले जनाएको छ । ईन्धनको मूल्यबृद्धि, पार्टपूर्जा, श्रमिकको पारिश्रमिक, मुद्रास्फीतिलगायतलाई आधार मानेर भाडा बृद्धि गर्न लागिएको भौतिक, योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव नवीन पोखरेलले जानकारी दिनुभयो । मन्त्रीस्तरीय निर्णयपछि नयाँ भाडादर लागु गर्ने उहाँको भनाई छ । भाडा बढेमा काठमाडौं उृपत्यकाभित्र सार्बजनिक यातायात प्रयोग गर्ने यात्रुले न्युनतम १५ रुपैयाँ तिर्नुपर्ने छ । हाल १४ रुपैया तिरे पुग्छ । यसैगरी ट्रक, ट्याङ्कर, ट्रिपर लगायत मालबाहक सवारी साधनको भाडादर भने ११ प्रतिशतले बढ्ने छ । सार्बजनिक ट्याक्सीको भाडा प्रतिकिलोमिटर २ देखि साढे २ रुपैयाँसम्म बढ्ने छ । हालको भाडाबृद्धिमा इन्धनको ६५ प्रतिशत तथा पार्टपूर्जा र मुद्रास्फीतिको ३५ प्रतिशत हिस्सा हुने मन्त्रालयले जनाएको छ । यसअघि चैतमा बढेको भाडामा ईन्धनको मूल्यलाई मात्र आधार मानिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया