प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्दैनः कोइराला
फागुन २२ ताप्लेजुङ, - कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी बखेडाका कारण प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्नेमा शंका उत्पन्न भएको दाबी गरेका छन् ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीसँगको कुराकानीमा कोइरालाले प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्नेमा आफुलाई विस्वास नलागेको बताए । ‘एकीकृत नेकपा माओवादी र मधेसवादी दलहरु चुनाव गर्दा नाङगिने सम्भावना रहेकाले चुनावी सरकार गठनलाई टारी रहेका छन्’ उनले भने, ‘एमाओवादीले सहमति विथोल्न अनेक बहाना बनाइरहेको छ ।’ उनले बाहिर आएजस्तो दलहरुबीच कुनै सहमति हुन नसकेको बताए ।
उनले देशको अवस्था अन्योलग्रस्त रहेको भन्दै प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउँदा परिस्थिति झन् भयावह हुने बताए । प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउँदा न्यायापालिका प्रभावित हुने उनको भनाई छ ।
चुनावी सरकार गठनको सम्भावना हट्दै गएको भन्दै कोइरालाले नेपाली काँग्रेसले चुनाव चाहे पनि माओवादिले आलटाल गरेकाले चाँडो चुनाब नहुने दावि गरे ।
0 comments
तपाईंको प्रतिकृया