एमाले नेता झाले पार्टी छाडे
८ चैत, काठमाडौं । एमाले नेता रामचन्द्र झाले पार्टीबाट राजीनामा दिएका छन् । आज बिहान एमाले केन्द्रीय कार्यालय बल्खुमा फ्याक्समार्फत् राजीनामा पत्र पठाएर झाले आफू पार्टीमा नरहेको जानकारी गराउनु भएको हो ।
आफूले लामो समयदेखि उठाएका माग पार्टी नेतृत्वले सम्बोधन नगरेकोले पार्टी छाडेको नेता झाले बताएका छन् ।
आफ्नो जीवनको लामो समय कम्युनिष्ट आन्दोलनमा विताएकोले अब बाँकी समय पनि आफूले उठाएका मुद्दालाई सम्बोधन गर्ने कम्युनिष्ट पार्टीमा संलग्न हुने उहाँले बताउनुभयो । आवाज नेपालसँग कुरा गर्दै झाले कुन पार्टीमा प्रवेश गर्ने भन्नेबारे भने खुलाउनु भएन ।

0 comments
तपाईंको प्रतिकृया