इलाममा अदुवा उत्पादन बढ्यो, अदुवा उत्पादनमा इलाम पहिलो
फागुन २९ ईलाम । यसपटक इलाममा अदुवाको उत्पादन बढेको छ । आर्थिक बर्ष २०६८÷०६९ मा इलाममा ५६ हजार मेट्रिकटन अदुवा उत्पादन भएको छ ।
आर्थिक बर्ष २०६७÷०६८ मा इलाममा ५४ हजार ३ सय १० मेट्रिकटन अदुवा उत्पादन भएको थियो । गतबर्षको तुलनामा इलाममा ११ हजार ६ सय ९० मेट्रिक टन बढी अदुवा उत्पादन भएको हो ।
मसला बालि विकास कार्यालय काठमाण्डौंका अनुसार २०६८÷०६९ मा ५६ हजार मेट्रिकटन अदुवाको उत्पादन भएको तथ्याङ्क सङ्कलन गरेर कृषि विकास मन्त्रालयमा पठाएको छ ।
यो बर्ष इलाममा अदुवाको उत्पादकत्वसमेत बढेको छ । गतबर्ष इलाममा प्रतिहेक्टर १४ मेट्रिकटन उत्पादन भएको थियो भने यो बर्ष १७ दशमलव ६७ मेट्रिकटन पुगेको छ ।

0 comments
तपाईंको प्रतिकृया