शीर्ष नेताहरुको बैठक आज पनि सुरु हुँदै
२६ फागुन काठमाण्डौ । सहमती गर्ने भनिएको दिनमा मिलेका कुरा समेत बल्झिएपछि थप छलफलका लागि ठुला तीन दल र मधेशी मोर्चाको बैठक काठमाडौको नयाँबानेश्वरमा सुरु हुँदै छ ।
केहीबेरमा सुरुहुने बैठकमा एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चा आवद्ध दलका शीर्ष नेताहरु सहभागि हुने छन् । ११ बजे नै बस्ने भनिएको बैठकमा सहभागि हुन नेताहरु बानेश्वर पुग्ने क्रम जारी छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनाबी सरकार गठन गर्ने विषयमा अन्तिम टुंगो लगाउने प्रयासमा ठूला दलका शीर्ष नेताहरु फेरि जुट्न लागेका हुन् । यसअघि हिजो अबेर सम्म भएको छलफलमा सहमती बन्नुको सट्टा मिलेको विषयमा पनि एमालेका नेताहरुले बखेडा झिकेका थिए । सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा जारी बैठकमाबाट सबै विषयको टुंगो लगाउने नेताहरुले दाबी छ ।
दलहरुबीच तालिममा रहेका माओवादी लडाकुको दर्जा निर्धारण र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका विषयमा मात्र कुरा मिल्न बाँकि रहेको थियो । तर हिजाको बैठकमा एमालेले नागरिकता, मतदाता नामावली लगायतका विषयमा पुन विवाद निकालेको बैठकमा सहभागि एक मधेशी नेताले जानकारी दिनुभयो ।

0 comments
तपाईंको प्रतिकृया