Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जेठभित्रै चुनाव गराउने सहमति भइसक्योः प्रचण्ड

 फागुन २१ धादिङ, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आगामी जेठभित्रै संविधानसभाको निर्वाचन गराउने विषयमा प्रमुख दलहरूबीच सहमति भइसकेको बताएका छन् । सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रमको उद्घाटनका लागि धादिङ आएका उनले पत्रकारहरूसँग कुरा गर्दै दलहरूबीच सहमति भइसकेको तर सहमतिमा हस्ताक्षर हुन मात्र बाँकी रहेको बताए । उनले २४ फागुनभित्रै प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गर्न प्रमुख चार दल सहमत भइसकेको दाबी गरे । माओवादी सशस्त्र युद्वको समयमा राज्य पक्षद्वारा धादिङका एक सय १३ जना सहिद भएका थिए भने २६ जना बेपत्ता भएका थिए । । तिनै सहिद तथा बेपत्ता परिवारलाई एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिनन्दन तथा सम्मान गर्न धादिङ आएका हुन् । २०५२ साल फागुन १४ गते मृत्यु भएका माओवादी ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी जंगलमा निरंकुश पञ्चायती शासकले २०२९ साल फागुन २१ गते हत्या गरेका सहिदहरुको सम्झनामा फागुन १४ देखि २१ गतेसम्मलाई एकीकृत नेकपा माओवादीले हरेक बर्ष सहिद सप्ताहको रुपमा मनाउँदै आएको छ ।

0 comments

तपाईंको प्रतिकृया