प्रमुख दलहरुको सहमति विरुद्ध साना २२ दलको आन्दोलन
फागुन ३० काठमाडौ, प्रधान्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रमुख दलहरुको सहमति विरुद्ध साना २२ दलले आन्दोलन चर्काउने भएका छन् ।
मोहन बैद्य नेतृत्वको नेकपा माओवादीसहितका २२ दलको आज बसेको बैठकले प्रमुख दलहरुले गरेको एकलौटी सहमतिका विरुद्ध देशब्यापी आन्दोलन चर्काउने निर्णय गरेको हो ।
अहिले केहिबेरमा पत्रकार सम्मेलनगरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी भैरहेको जनाईएको छ ।
अधिकाशं सना दलहरुले प्रमुख दलहरुको सहमति शक्ति पृथकीकरणको सिद्धान्त विपरित भएको भन्दै विरोध जनाएका छन् । हिजोको सर्वदलिय बैठकमा कमल थापा नेतृत्वको राप्रपा नेपाल बाहेक अन्य सबै साना दलले प्रधानन्यायाधीशको नेतृत्व चुनावी सरकार गठन लगायत विषयमा प्रमुख दलहरुबिच भएको भनिएको सहमति नमान्ने चेतावनी दिएका थिए।


0 comments
तपाईंको प्रतिकृया