Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रधानन्यायधीशको नेतृत्व औषधी सम्झेर स्वीकार्नुपर्छःआचार्य

फागुन १८ काठमाडौ,संबैधानिक समितिका पूर्वसभापति निलाम्बर आचार्यले प्रधानन्यायाधीशलाई राजीनामा दिन लगाएर मात्रै सरकारको नेतृत्व दिनुपर्छ भन्ने तर्क औचित्यहीन भएको बताएका छन्। रिपोटर्स क्लबले गरेको साक्षात्कारमा आचार्यले पुर्व प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार बनाउनेबारे सहमति हुन नसकेको अवस्थामा प्रधानन्यायाधीश रेग्मीलाई राजिनामा गराउनुको अर्थ नहुने बताए । उनले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावमा जाने सहमति तीतो भए पनि मुलुकको निकासको लागि औषधी सम्झेर खानु पर्ने बाध्यता रहेको टीप्पणी गरे । अहिलेको अवस्थाबाट नयाँ निर्वाचनमा जाने र नयाँ प्रधानमन्त्री बनाउने बाटो अन्तरीम संविधानमा नभएकोले राजनीतिक सहमतिको आधारमा प्रधानन्याधीशको नेतृत्वमा निर्वाचनमा गएर संविधानलाई लिकमा ल्याएर अघि बढ्नुको विकल्प नभएको बताए । ब्यवस्थापिका नभएको, कार्यपालिका पनि कामचलाउ भएको अवस्थामा मुलुकमा शक्ति पृथकीकरण खल्बलिएको उल्लेख गर्दै उनले शक्ति पृथकीकरणलाई ठाऊमा ल्याउन पनि तत्तकाल सहमति गरेर निर्वाचनमा जानु पर्ने आवश्यकता औल्याए ।

0 comments

तपाईंको प्रतिकृया