विभिन्न जिल्लामा बन्द फिर्ता
फागुन २३, काठमाडौं । नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले कन्चनपुर, सुर्खेत, अर्घाखाँचीलगायत जिल्लामा बन्द फिर्ता लिएको छ । स्थानीय विद्यालय, संघसंस्थाको आग्रहमा बन्द फिर्ता लिइएको हो ।
सुर्खेतमा जारी दोस्रो मध्यपश्चिमान्चल लघु तथा घरेलु तथा साना उद्योग र कृषि पर्यटन एवम् साँस्कृतिक महोत्सव चलिरहेकोले बन्द फिर्ता लिएको नेकपा–माओवादी सुर्खेत इन्चार्ज बालाराम सुनारले जानकारी दिनुभयो ।
कन्चनपुर र अर्घाखाँचीमा पनि बन्द फिर्ता लिइएको छ । स्थानीय विद्यालय र संघसंस्थाको आग्रहमा बन्द फिर्ता लिइएको छ । ति जिल्लामा बन्द फिर्ता भएपछि जनजीबन सामान्य भएको छ ।
चितवनको माडिमा महोत्सव जारी रहेकोले सदरमुकाम भरतपुरबाट माडिसम्म ओहोर–दोहोर गर्ने सवारी साधन सन्चालनमा रोक लगाइएको छैन । रोल्पाको लिवाङमा पनि सनस्टार युवा क्लबको प्रथम बार्षिक उत्सवमा बिभिन्न खेलहरु भैरहेकोले स्थानीय ब्यवसायीको आग्रहमा बजार खुल्ला राखिएको छ ।
बन्द आयोजक नेपाल संघीय जनगणतान्त्रिक मोर्चामा वैद्य नेतृत्वको माओवादीसहित मातृका यादव नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, संघिय लिम्बुवान परिषद (कुमार लिङदेन समुह) आबद्ध छन् ।

0 comments
तपाईंको प्रतिकृया