Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
साहित्य जीवनको अभिन्न अंग हो– भट्टाराइ

नरेश के सी

 चैत्र ३ भैरहवा । वरिष्ठ साहित्यकार बालकृष्ण भट्टाराईले साहित्य मानिसको जीवनको अभिन्न अंग भएको बताएका छन् । सिद्धार्थ युवा साहित्य कोसेलीले भैरहवामा आयोजना गरेको साहित्यीक कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ समालोचक समेत रहेका भट्टाराईले वर्तमान युवा पुस्ता साहित्य प्रति जत्ति गम्भिर हुनु पर्ने हो त्यत्ति नभएकोमा गुनासो समेत व्यक्त गरेका छन् । कार्यक्रममा गजलवीद डा. घनश्याम परिश्रमीले साहित्य समाजको ऐना भएको बताउदै खुसी, दुखः वितृष्णा सबै उल्लेख गर्न सकिने साहित्यप्रति लगाव राख्ने मानिस नै सफलता तर्फ उन्मुख हुने दाबी गरे । गजलबीद परिश्रमीले साहित्यले मानिसलाई आत्मेदेखी सुखी बनाउने पनि बताए । कोसेलीका अध्यक्ष शशी पन्थिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरू एल शर्मा, नरेश प्रतिक्षा, उमेश लाटोमगर, केशव शर्मा बेलबासे, चक्र थापा, कमल रायमाझी लगायतले मन्तब्य तथा साहित्यीक सृजना प्रस्तुत गरेका थिए । नियमित संगमको रूपमा समेत आयोजना गरिएको सो कार्यक्रममा केशव खनाल, सरोज ठकुरी, प्रदीप न्यौपाने, लक्ष्मी के सी, बद्रि प्रसाद उप्रेति, इन्दि सुवेदी लगायतले गीत, गजल, कविता बाचन गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया