माओबादीको चाला
चैत ८-काठमाडौं, नेकपा-माओवादीले सहमतीय सरकार बने आफ्नो पार्टी निर्वाचनमा सहभागी हुनसक्ने बताएको छ । माओवादीले अन्तरिम चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीले गराउने संविधानसभाको निर्वाचनमा सहभागि नहुने पनि स्पष्ट पारेको छ ।
मंगलबार पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गर्दै माओवादी अध्यक्ष मोहन वैद्यले वर्तमान सरकारले गर्ने चुनावमा सहभागी नहुने बताए । उनले संविधानसभाको दोस्रो निर्वाचनको औचित्य नरहेको समेत बताए । उनले चैत्र २४ गतेबाट संघर्षमा उत्रने चेतावनी दिए।
माओवादीले खिलराग रेग्मी अध्यक्षतामा गठन भएको चुनावी मन्त्रिपरिषद्को विरोध गर्दै आएको छ ।

0 comments
तपाईंको प्रतिकृया