Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
घोषणा पत्र र उमेद्वार तय गर्न एमाओवादीद्धारा समिति गठन

चैत ७ काठमाडौ,  एकिकृत माओवादीले संविधानसभा निर्वाचनको घोषणा पत्र र उमेद्वार निर्धारणका लागि २ छुट्टा–छुट्टै समिति गठन गरेको छ । केन्द्रिय कार्यालय कोटेश्वर पेरिषडाडामा आज बसको केन्द्रीय समिति बैठकले उपाध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा घोषणा पत्र निर्माण समिति र महासचिव पोष्टबहादुर वोगटीको संयोजकत्वमा उमेद्वार निर्धारण समिति गठन गरेको हो । दुवै समिति ९ सदस्यीय छ । बैठकमा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सकेसम्म बैशाखमै नभए मंसिर अवश्य निर्वाचन हुने भन्दै तयारीलाई तिब्र बनाउनपर्नेमा जोड् दिनुभएको थियो । उहाले अग्रगामि संविधान निर्माणका लागि अग्रमनपक्षधर शक्तिहरुसंग तालमेल गरेर निर्वाचनमा जाने प्रस्ताव समेत राख्नुभएको स्रोतको दावी छ। हेटौंडामा सम्पन्न सातौं महाधिबेशनपछि पहिलो पटक आज देखि केन्द्रीय कमिटी बैठक सुरु भएको हो। बैठक भोली विहान ११ बजे सम्मका लागि स्थगित गरिएको छ । यसअघि आजै बसेको पदाधीकारी बैठकमा सातौ महाधिबेशनले पारित गरेको प्रस्ताव अनुसारको कार्ययोजना निर्माणका बिषयमा छलफल भएको थियो । केन्द्रीय कमिटीको बैठकमा भोली रिक्त केन्द्रीय समितिमा मनोनयन, सांगठनिक स्वरुप, भावी कार्ययोजना लगायतका बिषयमा छलफल हुने बताईएको छ । माघ २६ गते हेटौंडामा सम्पन्न महाधिबेशनले १ सय ५१ सदस्यीय केन्द्रिय समिति बनाउने बिद्यान मस्यौदा पारित गरे पनि ९८ सदस्य मात्रै टुङ्गो लगाएको थियो । सचिव, कोषाध्यक्ष तथा स्थायी समिति र पोलिट्ब्यूरोको पनि टुङ्गो लगाउन बाँकी छ ।

0 comments

तपाईंको प्रतिकृया