Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भाडा बृद्धीको बिरोधमा एक घन्टा चक्काजाम

२६ फागुन पाल्पा, मिलन विक । सार्वजनिक सवारी साधनामा वृद्धि गरिएको भाडा फिर्ताको माग गर्दै नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले आज तानसेनमा एक घन्टा चक्का जाम गरेको छ । आन्दोलन चोकमा गरिएको चक्काजमका कारण गुल्मी बुटवल सडक खण्डमा चल्ने सवारी साधनहरु रोकिनु परेको थियो । विहान आठ वजेबाट नौ बजेसम्म गरिएको चक्काजामका कारण लामो दुरीमा निस्किएका यात्रुहरु अलपत्र परेका थिए । क्रान्तीकारीका विद्यार्थीहरुले सडकमा टायर वालेर वर्तमान सरकारका प्रधानमन्त्री डा. वावुराम भट्टराई विरुद्ध चर्का नारावाजी गरेका थिए । वन्द पछिको सभालाई संवोधन गर्दै अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा मगरात राज्य समितिका संयोजक हिमाल यात्रीले पछिल्लो समयमा गरिएको मुल्य वृद्धिले महङ्गी र तस्करीलाई प्रोत्साहन गरेको भन्दै तत्काल फिर्ता नलिए आफुहरुले भन्डाफोर गर्ने चेतावनी दिए । यो साँकेतीक आन्दोलन भएको भन्दै उहाँले मागप्रति वेवास्ता गरे आन्दोलनको आधिवेहरी ल्याउने बताए । साथै बढाईएको मुल्य बृद्धी तत्काल फिर्ता लिन पनी उनले सरकारलाई आग्रह गरे । सबै क्षेत्रमा भैरहेको मुल्य बृद्धीले आक्रान्त भैरहेको बेला सवारी साधनमा भएको भाडा बृद्धीले गरीब परिवार र बिद्यार्थीहरुलाई लाईनै बढी असर गर्ने भन्दै फिर्ताको माग सहित चक्काजाम गरिएको क्रान्तीकारी का जिल्ला उपाध्यक्ष राजकुमार पन्थीले बताए । बृद्धी भएको भाडा तत्काल फिर्ता नभए कडा आन्दोन गर्न पनी पछी नहटने अखिल क्रान्तीकारी पाल्पाले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया