Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेपाली हत्या गर्ने जापानीलाई १९ वर्ष जेल

फागुन २९ काठमाडौ, एकजना नेपालीको हत्या गर्ने एक जापानीलाई त्यहाँको अदालतले १९ वर्ष जेल सजाय सुनाएको छ । उनलाई सघाउने एकजना केटी साथीलाई पनि सो अदालतले नौ वर्षे जेल सजाय सुनाएको जापानी समाचार समिति क्योदोले मङ्गलबार जनाएको छ । नेपाली नागरिक ४२ वर्षीय विष्णुप्रसाद धमलालाको हत्याको आरोपमा जापानी नागरिक हिरोकी सिराहिसी र उनका महिला साथी मियोको सिराइसीलाई जापानको राजधानी टोकियोस्थित अदालतले सो सजाय सुनाएको हो । अदालतले हिरोकीलाई १९ वर्ष र मियोकोलाई नौ वर्ष जेल सजाय सुनाएको हो । ती दुई जना रक्सीले मातेका र बाटोमा हिँडीरहेका विष्णुप्रसादलाई बिना कारण कुटपीट गरेका थिए । दुवै जनाले विनाकारण बाटोमा हिँडेका ती नेपालीलाई बेहोस हुनेगरी कुटेर सडकमै छोडेका थिए । पछि बाटोमा राखिएको सिसी टिभीको माध्यमबाट ती व्यक्तिको पहिचान भएको थियो । सोही कुटपीटका कारण उनको ज्यान गएको प्रमाणित भएको छ । पिटाइबाट अचेत भएका ती व्यक्ति सडकमा लडेपछि पनि उनीहरुले कुटीरहेको दृश्य सो टिभीमा देखाइएको छ । उनलाई पिट्ने कुनै कारण नै नरहेको र मजाकका लागि उनीहरुले ती नेपालीलाई पिटेको प्रहरी अनुसन्धानबाट खुलेको समाचारमा जनाइएको छ ।

0 comments

तपाईंको प्रतिकृया