Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मानिसको रगतले बनाएको मूर्ती

(एजेन्सी) – एक भारतीय नागरिक हुसैनीले अचम्म लाग्दो मूर्ती निर्माण गरेका छन् । उनले तमिल नाडु प्रान्तका चिफ मिनिस्टर जयललिथाको तस्बिर बनाएका छन् त्यो पनि उनको आफ्नै र अरु ३२ विद्यार्थीको रगतको सहायताले । अहिलेसम्म कुनै पनि कलाकारले आफ्नै रगतले कुनै पनि कलाको सृजना गरेका छैनन् । चेन्नाइका मूर्तीकार र आर्चरीका शिक्षक हुसैनीले चिफ मिनिस्टर जयललिथाको ६५ औं जन्मजयन्तिको अवसरमा ‘भारतको खेलकुदप्रेमी सिएम ’ भएका कारण र आफ्नो आर्चरी असोसियसनलाई सधैँ साथ दिएका कारण सधन्यबाद यो मूर्ती बनाएका हुन् । हुसैनीले दुई वर्षभित्र तीन तीन महिनाको अन्तरालमा ६ दशमलव ५ लिटर रगत निकाले तर उनको मूर्तीको लागि ११ लिटर रगतको आवश्यक पर्ने भएको थियो । उनलाई साथ दिनका लागि उनका अरु ३२ विद्यार्थीहरुले पनि उनलाई चाहिने रगत उपलब्ध गराएका थिए जसका कारण उनको यो सपना पूरा हुन गयो । रगतको मूर्ती बनाउनुपूर्व हुसैनीले माटोको त्यस्तै मूर्ती बनाए । त्यसपछि उनले सिलिकन मोल्डको निर्माण गरे जसमा बाहिरी सतह एकदमै कडा बनाइएको थियो र त्यसमा ११ लिटर रगत हालियो । उक्त मोल्डलाई दुई महिनासम्म २७ डिग्रि सेन्टिग्रेडमा जमाइयो । उक्त मूर्तीलाई देखाउने क्रममा उनले भने, ‘यदि मैले ११ लिटर रगत व्यवस्था गर्न सक्छु भने प्रत्येक अरु नागरिकले पनि रगतको व्यवस्था गरेर बिरामीहरुको ज्यान बचाउन सक्ने छन् । ’

0 comments

तपाईंको प्रतिकृया