एमाओदी चुनाबी अभियानमा लाग्यो- सापकोटा
चैत ७ काठमाडौ, एकीकृत नेकपा माओवादीले आगामी संविधानसभा निर्वाचन तयारी अभियान थालेको छ । सातौं राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक आजबाट सुरु केन्द्रीय समिति बैठकले चुनावी तयारी तीव्र पार्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वमा चुनावी घोषणापत्र लेखन समिति र महासचिव पोष्टबहादुर बोगटी नेतृत्वमा उम्मेदवार छनोट समिति गठन गरिएको छ । दुवै समितिमा नौं–नौं जना सदस्य छन् ।
भट्टराई नेतृत्वको चुनावी घोषणापत्र लेखन समितिमा कृष्णबहादुर महरा, गोपाल किराँती, लेखराज भट्ट, विश्वभक्त दुलाल, विश्वनाथ शाह, धर्मदत्त देवकोटा, डाक्टर डिल्लीराज खनाल र शशी श्रेष्ठ सदस्य छन् ।
यस्तै बोगटी नेतृत्वको उम्मेद्वार छनोट समितिमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत, देवेन्द्र पौडेल, हिसिला यमी, लीलामणि पोखरेल र प्रभु साह रहेको बैठकपछि प्रवक्ता अग्नि ले जानकारी दिनुभयो । दुवै समितिलाई यथाशक्य छिटो काम सक्न बैठकले निर्देशन दिएको छ ।
बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले यथाशक्य छिटो निर्बाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले चुनावविरुद्ध हुनसक्ने षडयन्त्र परास्त गर्न र चुनाव सफल पार्न सबैपक्षलाई अपील पनि गर्नुभयो ।
0 comments
तपाईंको प्रतिकृया