Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सरकारको सिफारिस राष्ट्रपतिद्वारा अस्वीकार

काठमाडौं, चैत ९- संवैधानिक परिषदले निर्वाचन आयोगमा नियुक्तिका लागि गरेको सिफारिसलाई राष्ट्रपति रामवरण यादवले अस्वीकार गरेका छन् । परिषदले आयोगमा नियुक्तिका लागि सिफारिस गरेको ५ जना मध्ये ३ जना पूर्व आयुक्तको नाम अन्तरिम संविधान विपरीत भएको भन्दै राष्ट्रपतिले अस्वीकार गर्दै पुनः परिषदमैं फिर्ता पठाएका हुन् । प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका निलकण्ठ उप्रेती र आयुक्तद्वय दोलख बहादुर गुरुङ र अयोध्रि्रसाद यादवको नाममा धारा १२८ को उपधारा ३ र ७ विपरीत हुने भन्दै प्रष्ट पारेर ल्याउन संवैधानिक परिषदलाई आग्रह गरिएको छ । राष्ट्रपतिले आयोगका ३ जना पूर्व आयुक्तको नाममा अन्तरिम संविधानको धारा १२८ आकर्षित हुन्छ वा हुँदैन स्पष्ट पारेर ल्याउन भन्दै सिफारिस परिषदमैं फिर्ता पठाएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । संवैधानिक परिषदले विहीबार प्रमुख आयुक्तमा उप्रेती तथा आयुक्तहरुमा गुरुङ, यादव, रामभक्त पीबी ठाकुर र इला शर्मालाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो ।

0 comments

तपाईंको प्रतिकृया