Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाले भातृ संगठनको झगडा प्रेस चौतारीमा पनि

२६ फागुन काठमाण्डौ । नेकपा एमालेको भातृ संगठन प्रेस चौतारीको सातौं राष्ट्रिय अधिवेशनबाट निर्विरोध नेतृत्व निर्वाचित गर्ने प्रयत्न असफल भएको छ । अब नयाँ नेतृत्वको लागि आज निर्वाचन हुने निश्चित भएको छ । अध्यक्ष पदकालागि ५ जनाको प्रतिष्पर्धा देखिएको भएपनि सहमतिको लागि वर्तमान अध्यक्ष गगन बिष्ट र अघिल्लो अधिवेशनमा बिष्टसँंग पराजित प्रमोद दाहालको नाम चर्चामा थियो । तर, सहमति नभएपछि दुबैले मैदान छाडेका छन् भने अध्यक्ष बन्न वर्तमान उपाध्यक्ष राजेन्द्र अर्याल र महासचिब विष्णु रिजालबीच प्रतिष्पर्धा हुने भएको छ । भातृ संगठनहरुमा चर्को गुटबन्दी रहेको एमालेका पत्रकारहरुको संगठन चौतारीमा ठूलो गुटबन्दी नभएपनि अध्यक्षको दौडमा रहेका रिजाल नेता माधब नेपालका विश्वासपात्र हुन् भने अर्याल नेता ओलीका भित्रिया मान्छिन् । चौतारीको अध्यक्षकालागि पार्टी अध्यक्ष झलनाथ खनालले विश्वासपात्र नभेटेपछि खनाल पक्षधरहरुले अर्याललाई नै समर्थन गर्ने भएका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष शीब गाँउले र जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ बिष्णु रिजाललाई अध्यक्ष बनाउन लागिपरेका छन् भने बर्तमान अध्यक्ष गगन विष्ट, पूर्व अध्यक्ष शम्भु श्रेष्ठ, पत्रकार महासंघका पूर्व उपाध्यक्ष गोपाल बुढाथोकी, एमाले प्रचार विभाग सचिव सुर्य थापालगायतका अर्यालको पक्षमा छन् । यसैविच विराटनगरको विएफएममा कार्यरत महिला सञ्चारकर्मीलाई समाचार कक्षमै यौन दुव्र्यवहार गर्ने चौतारी मोरङका सचिव भक्त राईलाई केन्द्रीय समितिले प्रतिनिधि मनोनयन गरेपछि राई पनि केन्द्रीय सदस्य पदको उमेदवार बन्ने पक्का भएको छ ।

0 comments

तपाईंको प्रतिकृया