प्रचण्ड संयोजकत्वको गठबन्धन साझा घोषणा पत्र र उमेद्वार बनाएर चुनाव लड्ने
काठमाडौं, चैत ७-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजकत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आगामि संविधानसभा निर्वाचनमा साझा घोषणा पत्र र साझा उमेद्वार तय गरेर चुनाव लड्ने कार्ययोजना तय गरेको छ ।
प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार बसेको गठनबन्धन सचिबालय बैठकले संघियता सहितको अग्रगामि संविधान निर्माणका लागि साझा घोषणा पत्र तथा साझा उमेद्वार तय गर्ने र मोर्चालाई जिल्ला स्तरसम्म विस्तार गर्ने कार्ययोजना तय गरेको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
आइतबार बसेको गठबन्धनको बैठकले राष्ट्रिय सहमतिका लागि दवाव स्वरुप जनपरिचालन गर्दै निर्वाचनसम्म एकताबद्ध भएर अघि बढ्न स्पष्ट कार्ययोजना तय गर्ने जिम्मा सचिबालयलाई दिएको थियो।
तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारमा रहेका र सरकारलाई समर्थन गरेका २१ दलहरुले गएको साउन ३२ गते प्रचण्डको संयोजकत्वमा गठबन्धन बनाएका थिए
0 comments
तपाईंको प्रतिकृया