अखिल क्रान्तिकारीद्धारा ज्ञापन पत्र

अमृत अधिकारी
पाल्पा, ७ चैत
नेकपा—माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी पाल्पाले जिल्ला शिक्षा अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तरगत बुधवार मगराँत क्षेत्रका सबै संगठनको तर्फबाट जिल्ला शिक्षा कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको क्रान्तिकारीले जनाएको छ । अखिल क्रान्तिकारी पाल्पाका अध्यक्ष आशिष दुधराज, सचिव सुमित घर्ती र उपाध्यक्ष राजकुमार पन्थी सहितको २ दर्जन विद्यार्थीको टोलीले पाल्पाका जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेललाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापनपत्रमा हरेक क्षेत्रमा विद्यार्थीको ५० प्रतिशत सहुलीयत, यातायात, हवाई, पार्कमा सहुलियत, ग्याँस मट्टितेलमा सहुलियत, प्राविधिक शिक्षालयमा बैज्ञानीक शुल्क कायम, शिक्षाको नीजि करण र व्यापारीकरणको अन्त्य, विश्वविद्यालयको क्यालेण्डर अनुसार कामकाज संचालन, वार्षिक गरिने विश्वविद्यालयको शुल्क वृद्धि फिर्ताको माग गरिएको छ । अखिल क्रान्तिकारी पाल्पाका अध्यष आशिष दुधराज र सचिव सुमित घर्तीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा प्राध्यापक शिक्षक कर्मचारी कार्यालय समयमा कार्यालयमा उपस्थित हुनुपर्ने, सरकारी विद्यालय र क्याम्पसमा तलव खाएर नीजिमा अध्यापन गराउन नहुने, हरेक उमाविहरुमा स्वीवियू काउन्सिलिंगकको व्यवस्था, शिक्षा सबैको पहुँचमा हुनुपर्ने, शिक्षालाई व्यवहारीक र जनमुखी बनाउनुपर्ने माग समेटिएको छ । तयस्तै कक्षा १२ सम्मका निशुल्क शिक्षा, शिक्षामा सामन्तवादको अन्तय, राज्यले १० वर्षका लागि शिक्षाको विकासमा २५ प्र्रतिशत बजेट विनियोजन, हरेक विद्यालयमा भौतिक पूर्वाधारको विकास, खेलकुद र छात्रवृत्तिको व्यवस्था, छात्रवृत्ति वितरणमा दलीत, जनजाती, गरीवि, असाह्य, द्धन्द पीडितलाई उचित व्यवस्था, गाउँ गाउँमा साक्षरता अभियान संचालन गरि निरक्षरता हटाउन माग गरिएको छ । दलका नेता, कर्मचारी, शिक्षकसबैका छोराछोरीलाई सरकारी विद्यालयमा अध्ययन गराइनुपर्ने, शैक्षिक वरोजगार भत्ता र विनाधितोको व्याजमा ऋण उपलव्ध गराइनुपर्ने, विद्यार्थीलाई मातृभाषामा अध्ययन अध्यापन गराइनुपर्ने लगायतका माग राखि ३१ बुँदे ज्ञापन पत्र बुझाएको अखिल क्रान्तिकारीका अध्यक्ष आशिष दुधराजले बताए । उनले संगठनले क्षेत्रिय शिक्षा निर्देशनालय, शिक्षा मन्त्रालय र विभागमा समेत ज्ञापनपत्र बुझाई विद्यार्थीका हक र अधिकारका लागि लड्ने बताए । ज्ञापन पत्र बुझ्दै पाल्पाका जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले शिक्षा मन्त्रालय र शिक्षा कार्यालयले नै संचालनमा ल्याएका कार्यक्रमलाई विद्यार्थीले उठान गरेकोमा आगामी दिनमा आफ्नो क्षेत्रबाट कडाईका साथ लागु गर्न गराउन पहल गर्ने बताए ।

0 comments
तपाईंको प्रतिकृया