Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
यादहरुमा अचेल!













Shekhar Bikalp

जून रोए झैँ लाग्छ पृय, रातहरुमा अचेल!
 छैन बिश्वासको आशा, यादहरुमा अचेल!

 निरिह छन प्राणहरु, भाव राग विहिन,
 बरु प्रेम भेटिएला, लाशहरुमा अचेल!

 यहाँ मान्छे भो दानव, अशान्त छ शहर,
 शान्ति खोज्न जानु पर्छ, घाटहरुमा अचेल!

 किसान गर्छ कामै केवल, छारो हाल्ने खेती,
 चामल हैन जहर फल्छन, धानहरुमा अचेल!

 हेर्नेले पो आँखा छोप, लाज देखिन सक्छ,
 पर्दा छैनन समयका, झ्यालहरुमा अचेल!

 जहाँ हुन्छ प्रेम त्यहाँ, मृत्यु घोषणा छ,
 बत्ती चुम्दा पुत्ला मर्छन, साँझहरुमा अचेल!

0 comments

तपाईंको प्रतिकृया