Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
म तिमी र तिम्रो, प्यार मुर्दावाद

गजल
 भोजराज भट्टराई,  पाल्पा

















म तिमी र तिम्रो, प्यार मुर्दावाद
 तिमीले जित्यौ मेरो, हार मुर्दावाद

 जसले सिकायो बेइमानी र छल
सिक्ने र सिकाउने, संसार मुर्दावाद

देखन नै पर्दछ एकपटक चकित
महिमा अचम्मको, अपार मुर्दाबाद

पाए पाउनेले माया नपाउने नगदमा
 कैले पैंचो कैले उधार मुर्दावाद

 फूलको बदलामा पत्थर बर्सायौ
पैले चाहिन्थ्यो अब के ? आभार मुर्दाबाद

0 comments

तपाईंको प्रतिकृया