Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रेग्मीद्वारा प्रधानमन्त्रीको सपथ, गृहमा घिमिरे

काठमाडौं, चैत १- प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी अन्तरिम सरकार प्रमुखको रुपमा बिहीबार बिहान सपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति रामबरण यादवले रेग्मीलाई पद तथा गोपनियताको सपथ गराए । यसैगरी रेग्मीले अन्य दुई सदस्यलाई सपथ गराएका छन् । जसमा पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेले गृह र परराष्ट्रको जिम्मेवारी सम्हाल्नुहुनेछ भने हरिप्रसाद न्यौपानेले कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने छ । अन्य सवै मन्त्रालयको जिम्मा तत्कालका लागि रेग्मीलाई नै दिइएको छ । रेग्मीको नेतृत्वसँगै देशले ३६ औं प्रधानमन्त्री पाएको छ। राष्ट्रपति भवन शीतल निवासमा हुने सपथ ग्रहण कार्यक्रम अघि राष्ट्रपति रामवरण यादवले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउदा आइपर्ने संवैधानिक र कानुनी अड्चन फुकाउन अध्यादेश जारी गरेका थिए । रेग्मीको सपथ हिजै हुने भनिएपनि समय अभावका कारण आजसम्मका लागि स्थगित भएको थियो । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानन्यायाधीशलाई सरकार प्रमुखको सपथ आजमात्रै गराउने निर्णय गरेको हो ।

0 comments

तपाईंको प्रतिकृया