भान्जाद्धारा मामाको हत्या
पाल्पा ११ चैत्र । पाल्पामामा पछिल्लो समय हत्याका श्रृगखला बढेका छन् । यसैबीच भान्जाले मामाको हत्या गरेको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार पाल्पा खानीगाउँ ४ म्याउछापमा भान्जाले मामालाई झाँतो र लौरा प्रहार गरेर हत्या गरेका प्रहरीले जनाएको छ ।
५६ बर्षीया तारा प्र न्यौपानेलाई उनकै भान्जा खानिगाउँ ६ दैलातुग बस्ने १९ बर्षीय खगु बश्यालले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मामा घरमा आएका भान्जा बश्यालले किन हत्या गरे भन्ने अनुसन्धान जारी रहेको प्रहरी अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक सुर्य चन्दले जानकारी दिए ।
हिजो राति घरबाट हत्या आरोपी भान्जालाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक सुर्य चन्दले जानकारी दिए । घटनास्थलमा प्रहरी नायव उपरिक्षक डिएसपि स्थानेश्वर रेग्मी सहितको टोलि पुगेको बताइएको छ ।
मृतक मामाको निधार, आँखा र टाउकोमा चोट लागेको छ । उनी घाइते अवस्थामा छट्पटाएको देखेर छिमेकीले अस्पताल लाने प्रयास गरे पनि केहिबेरमै उनको मृत्यु भएको बताइएको छ ।
घटनाको बारेमा थप अनुशन्धान भैरहेको प्रहरी भनाई छ ।
यसअघि पाल्पाकै प्रभासमा भाईले दाइलाइ हत्या गरेर पाल्पा बुटवल सडक खण्डको भीरबाट फालिदएिका थिए । उक्त घटनाका साता अन्तरमै रामपुरमा धनको लोभमा श्रीमानले श्रीमतीलाइ हत्या गरेर कालिगण्डकीमा फालिदिएका थिए । दुबै घटनाका दोषी अहिले कारागार चलान भएका प्रहरीले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया