चुनावलाई लिएर कांग्रेस–एमालेमा भाडँभैलो
काठमाडौं,चैत १८–मुलुक चुनावी माहौल तर्फ अघि बढी सक्दा पनि काम कुरो एकातीर कुम्लो बोकी ठिमी तीर भने जस्तो काग्रेस–एमाले यतिबेला औचित्हीन गलफत्तीमा रुमलिरहेका छन् ।
१२ बुदे समझदारीसंगै त्वम् शरणम् गरी एकिकृत माओवादी एजेण्डामा हिडेको आरोप पार्टी भित्रैबाट खेपेका काग्रेस–एमाले चुनावी रणनीति तय गर्न जुट्नुको साटो चुनावी प्रयोजनको सरकार सफल बनाउने की असफल भन्नेमै सिमित छन्, यतिबेला ।
लोकतन्त्र, प्रजातन्त्र,कानुनी शासन र आवधिक निर्वाचनको दुहाई दिएर नथाक्ने काग्रेस–एमालेका कतिपय नेता चुनावी प्रयोजनका लागि गरिएको ११ बुदे समझदारी उल्टाउन भन्दै नेतृत्व समक्ष विशेष बैठकको माग गरिहेका छन् ।
चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजिनामा गराउने भन्दै फरक मतका नाममा सहमतिको विरोध गर्दै काग्रेसका झण्डै २ दर्जन केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकमा भाडँभैलो नै मच्चाए ।
शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलान्जली दिदै एकिकृत माओवादीको एजेण्डामा लम्पसार परेको भन्दै नेतृत्वको चर्को आलोना भएपछि विवाद सुल्झाउन काग्रेसले महासमिति बैठक नै डाकेको छ ।
एमालेको कुरा गर्ने हो भने पनि चुनावी रणनीति तय गर्न जुट्नुको साटो बरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव इश्वर पोखरेल चुनावै हुन नसक्ने भन्दै आन्दोलनकारी दलका नेताहरुको जस्तो अभिब्यक्ति दिईरहेका छन् ।
असन्तुष्टहरुलाई उचालेर चुनावी सरकार बनाउन नै नदिने रणनीति विफल भएपछि उनिहरु सरकारलाई सहयोग र सुझाव दिन भन्दै गठित उच्चस्तरीय समितिमा हस्तक्षेपको नीति अनुरुप अघि बढेको देखिन्छ ।
जसको स्पष्ट उदाहरण हो, उच्चस्तरिय समितिबाट सहमति निर्माणमा सक्रिय भुमिका निर्वाहक वामदेव गौतमको वर्हिगमन र सहमति भाड्न असन्तुष्टहरुको कोठे बैठकको नेतृत्वकर्ता माधव नेपालको प्रवेश ।
सहमति नै हुन नदिने अकन्टक प्रयास निरर्थक साबित भएपछि उच्चस्तरीय समितिमै किचलो सृजना गर्ने योजना मुताबिक नेपालको प्रवेश भएको विश्वस्त स्रोतको दावी छ ।
स्मरणीय कुरो के छ भने, माधव नेपालले आफु प्रधानमन्त्री छदा, आफु संविधानसभाको पक्षमै नरहेको र केबल माओवादीलाई मनाउनका लागि बाध्यताबस संविधानसभा स्वीकारेको अभिब्यक्ति दिएका थिए ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनगरी राजनीतिक गत्याबरोध तोड्ने प्रस्तावक एकिकृत माओवादी भने अन्य एजेण्डाहरुलाई थाति राखेर चुनावी अभियानमा होमिसकेको छ ।
जिल्ला,जिल्ला, गाऊ गाऊमा नेता कार्यकर्ताहरु चुनावी प्रचार प्रसार र माहौल निर्माणका लागि सक्रिय हुन थालेका छन् ।
प्रतिगामी र यथास्थीतिवादी शक्ति हावी भएका कारण अघिल्लो संविधानसभाबाट गणतन्त्र, संघियता,धर्म निरपेक्षता,समानुपातिक,समावेशीता जस्ता आफ्ना अग्रगामी एजेण्डा स्थापित गराउने प्रयास विफल भएको भन्दै आउदो निर्वाचनमा दुई तिहाई मत दिन मतदाताहरुलाई अनुरोध गरिरहेका छन् ।
त्यसो त केन्द्रीय तहमा पनि उपाध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा घोषणापत्र निर्माण समिति गठन भैसकेको छ भने पोष्ट बहादुर बोगटीको संयोजकत्वमा उमेद्वार निर्धारण समिति ।
केन्द्रीय समितिको आईतबारको बैठकले केन्द्रीय समितिलाई पुर्णता दिने एजेण्डा हालका लागि थाति राखि चुनावी अभियानलाई दुर्तता र सक्रियता दिन भन्दै देशब्यापी सभा र प्रशिक्षण संञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी केन्द्रीय नेताहरुलाई गाऊ गाऊमा गई संविधानसभा विघटनहुनका सम्पुर्ण कारण प्रष्टाउन र जनयुद्धको जगमा स्थापित संविधानसभालाई निर्वाचन मार्फत पुर्नःजीवित गरी जनतको संविधान निर्माण गर्ने कार्यमा अवरोध सृजना गर्नेहरुलाई नांगेझार पार्न निर्देशन पनि।
मुलुकलाई नै आफ्नै एजेण्डामा अघि बढाउने खुबी र राजनीतिक अन्यौलता तोडी जनतालाई न्यायाधीशका रुपमा स्थापित गराउने एकिकृत माओवादी दुरदृष्टी र चुर्तुयाईपुर्ण निर्वाचन लक्षीत नीतिले उसलाई संविधानसभामा अघिल्लो पटक भन्दा पनि ठुलो पार्टीका रुपमा स्थापित गराउने विश्लेषकहरुको दावी छ ।

0 comments
तपाईंको प्रतिकृया