एकै परिवारका तीनको हत्यागरी फरार गुरुङ पक्राउ
चैत्र ३ संखुवासभा । संखुवासभामा एकै परिवारका तीन जनाको हत्यागरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको जलजलास्थित तेर्र्सेमा एकै परिवारका तीन जनाको हत्यागरी फरार सलबहादुर गुरुङ्ग पक्राउ परेका हुन् ।
गुरुङले गत फाल्गुन १४ गते राति घरमा रहेका ६२ वर्षीया लक्बुटी शेर्पा, १५ वर्षका नाती दावा र ९ वर्षकी नातिनी अप्सराको घाँटी रेटी हत्या गरेका थिए ।
छिमेकी रहेका २९ वर्षीय अभियुक्त गुरुङले आफूले तिनै जनाएको हत्या गरेको स्विकार गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया