मानव अतिक्रमणका कारण हराउदैछन चमेराहरु

कविराज नेपाल, पाल्पा ।
केही वर्ष अघिसम्म यहाका विभिन्न ठुला रुखहरुमा देखिदै आएका चमेराहरु मानव अतिक्रमणका कारण विस्तारै लोप हुन लागेका छन । पंक्षी भइकन पनि स्तनधारीका रुपमा परिचित चमेराको वासस्थानमा मानव अतिक्रमण वढेपछि यसको अस्तित्वमा संकट आउन थालेको छ । खासगरी आधुनिकताको मारमा विद्युतको विस्तार र ध्वनी प्रदुषणका कारण यो पंक्षी संकटमा परेको जानकारहरु वताउछन । त्यसैकारण केही वर्ष पहिले सम्म रुखभरि झुण्डका झुण्डदेखिने यो पंक्षी आजभोली विरलै देखिन थालको छ । पाल्पा जिल्लाको सदरमुकाम तानसेनको अमर नारायण फुलवारी लगायत दमकडामा रहेका ठुलाठुला रुखहरुमा लगायत जिल्लामा रहेका विभिन्न गुफाहरु जस्तै सुनगुफा राम्दी, अर्गलीमा समेत यो पंक्षीले आश्रय लिने गरेकोमा रुख कटानी, मानव अतिक्रमण र विजुलीको कारण करेण्ट लागेर मृत्यु हुन थाले पछि यसको अस्तित्वमा संकट आएको जानकारहरुको भनाइ छ । तर यसको संरक्षणमा कोही कसैले ध्यान दिएको पाइदैन । स्थानीय वासिन्दाहरु कुनैवेला रुखैभरि कटहर झुण्डीए जस्तै गरि अमर नारायण फुलवारीमा चमेरा रहेकोमा अहिले मुस्किलले २० देखि ३० को संख्यामा रहेको वताउछन । स्थानीय वासिन्दा पुष्करराज रेग्मी आफुहरुले सानोमा खेल्दा फुलवारी वरिपरि सयौंको संख्यामा चमेराको वथान देख्ने गरेकोमा अहिले यो अवस्था आउनुमा मानव अतिक्रमण भएको वताउनुहुन्छ । उहाका अनुसार यो वाहेक पुलवारी वरिपरिको क्षेत्र पनि प्रदुषित वनेको मुहान वरिपरि फोहर वढेको हुदा यसको अस्तित्व नै केही वर्षमा रहने हो वा होइन भन्नेमा संका रहेको वताउनुहून्छ । त्यस्तै भनाइ छ यहा स्थित सेन उच्च माविका शिक्षक चक्रपाणी गौतमको पनि उहाले थप्नुभयो –‘हामीहरु सानामा चमेरा देख्दा रमाउथ्यौं तर अवको पुस्तालाइ चमेरा केहो भन्ने पनि थाहा नहुने अवस्था आइसक्यो । ’ त्यसैगरि सोही क्षेत्रका वासिन्दा एवं लेखक पुर्ण वहादुर रानाको भनाइमा चमेराको अस्तित्व रक्षाकालागि रुखको विनास रोक्नुपर्नै, खासगरि स्थानीय वासिन्दा एवं नगरपालिकाले चासो देखाउनु पर्नै हो तर त्यसो भएको पाइदैन । हुन पनि यस पंक्षीका कारण यस क्षेत्रको प्रसिद्धि नै वढेको थियो । काष्ठकलाको अनुपम नमुना अमर नारायण मन्दिर हेर्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरु झुण्डका झुण्ड रहेको चमेरा हेरेर रमाउथे, अझ विदेशी त क्यामरा रुखको टुप्पो तिर सोभm्याएर भन्थे हाउ ब्युटिफूल तर अहिले भने यो अवस्था छैन । चमेराको संख्या यहा दुइचार वटा केवल छ भन्नाकालागि मात्रै देखिन्छ । नगरवासीका अनुसार यो फुलवारीका विषयमा कसैले संवेदनशील भएको पाइदैन । फुलवारीमा कहिले हाटवजार कहिले औधोगिक मेला कहिले कन्सर्ट आदीका नाममा मानिसहरुको भीडभाड जम्मा गर्नै मात्रै काम भएको छ । यसले गर्दा नजिकै रहेको पानीको मूल सुक्न थालेको छ भने भएका रुखहरु पनि उजाडिदै छन । अझ रमाइलो कुरा त के भने फुलवारीका विषयमा यहाका वुद्धिजीवीले यहा कहिले के राख्ने कहिले पार्क वनाउने वा कहिले स्टेडियम वनाउने सम्मको कुरा गर्दछन तर यसको मौलिकता नामेट हुन नदिनकालागि भने केही भएकै छैन भन्दा हुन्छ । वर्षैनी जसो वर्षातका वेला यहा विभिन्न जातका विरुवा रोप्नेकाम विभिन्न पार्टी र संघ संस्थाले केही वर्ष अघिसम्म गरेका हुन्थे तर अहिले सम्म एउटा पनि तर आजभोली भने यो क्रम त रोकिएको छ तर वृक्षा रोपण गरेका एउटा पनि विरुवा यहा देखिदैनन ।यहाका वासिन्दा अरु कुरामा त ध्यान दिएका छन तर विलुप्त हुन लागेको यो पंक्षीका विषयमा कोही कसैले चासो देखाएका छैनन । मात्र मानिसहरु भन्छन –‘चमेरा लोप भए ,हराए ।

0 comments
तपाईंको प्रतिकृया